काठमाडौं– नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण बढ्न थालेको छ। बिहीबार मात्र ३५५३ जनामा संक्रमण पुष्टि भएको छ।
कोरोना बढ्न थालेपछि राजनीतिक दलहरूले आफ्ना कार्यक्रमहरूमा पनि हेरफेर गर्न थालेका छन्। यसैबीच, राष्ट्रिय जनमोर्चाले आफ्नो प्रदेश सम्मेलन सारेको छ।
यसअघि आउँदो माघ १५ र १६ गतेका लागि तय प्रदेशहरूको सम्मेलन फागुन ६ र ७ गतेका लागि सारिएको राजमो अध्यक्ष चित्रबहादुर केसीले बताएका छन्। कोरोनाको नयाँ भेरियन्टको बढ्दो संक्रमण र कतिपय आवश्यक तयारीको कारणले गर्दा प्रदेश सम्मेलन सारिएको राजमोले जनाएको छ।
यसअघि नेकपा एमालेले पनि माघ पहिलो साता तय गरेका प्रदेश सम्मेलन माघ अन्तिम साताका लागि सारेको छ भने एकीकृत समाजवादीले पार्टीका कुनै भेला भेला र कार्यक्रम हाललाई नगर्न निर्देशन जारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।