काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर परीक्षणको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएको छ।
कन्ट्याक्ट ट्रेसिङमा परेका प्रधानमन्त्री देउवाले दुईपटक कोरोना परीक्षण गराएका थिए।
अघिल्लो रिपोर्ट नेगेटिभ आएपनि उनले फेरि परीक्षण गराएका थिए। उनको दोस्रो रिपोर्ट समेत नेगेटिभ नै आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
नेपालमा पछिल्लो समय कोरोना संक्रमण बढिरहेको छ। बिहीबार मात्र नेपालमा ३५५३ जना संक्रमित थपिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।