काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६०७ जना कोरोना संक्रमित थपिएका छन्।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र २ हजार ६०७ जना संक्रमित थपिएका हुन्।
मन्त्रालयका अनुसार काठमाडौंमा १९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ संक्रमित थपिएका छन्।
देशभर भने पछिल्लो २४ घण्टामा ५ हजार ८७ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।