फाइल तस्बिर काठमाडौं- सरकारले सार्वजनिक यातायातमा यात्रा गर्ने सबै यात्रुलाई मास्क अनिवार्य गरेको छ।
सार्वजनिक यातायातमा कसैले मास्क नलगाएको भेटिए चालक र सहचालकले नै उनीहरुलाई मास्क दिनुपर्ने निर्णय सरकारले गरेको छ।
शुक्रबारको मन्त्रिपरिषद् बैठकले कोरोना रोकथामसम्बन्धी निर्णयहरु गर्दा यो व्यवस्था गरेको हो।
सार्वजनिक यातायात चढ्दा कसैले मास्क नलगाएको भए चालक वा सहचालकले नै अधिकतम ५ रुपैयाँ शूल्क लिएर मास्क पनि दिनुपर्ने निर्णय गरेको एक मन्त्रीले नेपाल लाइभलाई बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।