काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्।
प्रचण्डपुत्री गंगा दाहालले उनी कोरोनामुक्त भएको जानकारी दिएकी छन्। पछिल्लोपटक गरिएको पीसीआर परीक्षणमा प्रचण्डको रिपोर्ट नेगेटिभ आएको दाहालले जानकारी दिएकी छन्।
गत शुक्रबार (पुस २३) गते पीसीआर परीक्षण गर्दा प्रचण्डमा कोरोना संक्रमण देखिएको थियो। त्यसयता उनी निजी निवासमै आइसोलेसनमा थिए।
प्रचण्डसँगै माओवादी केन्द्रका केही नेताहरुलाई पनि कोरोना संक्रमण देखिएको थियो। नेता नारायणकाजी श्रेष्ठ लगायत केही पदाधिकारी र केन्द्रीय समितिका सदस्यहरुलाई कोरोना देखिएको थियो।
माओवादी केन्द्रीय कार्यालयका पदाधिकारी र कर्मचारीलाई समेत कोरोना देखिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।