काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ। सोमबार बिहान उनको रिपोर्ट पोजिटिभ आएको उनको सचिवालयले जानकारी दिएको हो।
मन्त्री आलेलाई कोरोना संक्रमण देखिएसँगै पशुपति क्षेत्र विकास कोषअन्तर्गत बतास समूहले होटल सञ्चालन गरेको धर्मशालाको छानबिन प्रतिवेदन बुझ्ने कार्यक्रमसमेत स्थगित भएको छ।
मन्त्री आलेसँगै उनका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि संक्रमण पुष्टि भएको छ। आफूहरुको सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउनसमेत मन्त्री आलेको सचिवालयले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।