अर्घाखाँची- सन्धिखर्क नगरपालिकाका प्रमुखसहित १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाका सेवा बन्द हुने भएको छ।
नगरप्रमुख कमलप्रसाद भुसालसहित १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरू माघ ८ गतेसम्मका लागि बन्द गरिएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए।
नगरप्रमुख कमलप्रसाद भुसाललाई कोरोना देखिएपछि सन्धिखर्क नगरपालिकाको स्वास्थ्य शाखाले आज ५७ जनामा एन्टिजेन परीक्षण गरेको थियो। १७ जनामा एन्टिजेन परीक्षण गर्दा १५ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य शाखाप्रमुख पूर्णप्रसाद पराजुलीले बताए।
नगरपालिकाद्वारा जारी गरिएको सूचनामा सन्धिखर्क नगर कार्यपालिकाको निर्णयअनुसार माघ ४ देखि लागू हुने गरी माघ ७ गतेसम्म नियमित कामकाज तथा सेवा बन्द गर्ने निर्णय भएको हो। माघ ८ गते शनिबार परेको छ। माघ ९ गते आइतबारदेखि नगरपालिकाको नियमित कामकाज हुनेछ।
साथै नयाँ भेरियन्टसहितको जोखिम सन्धिखर्क नगरपालिकाभित्रमा पनि देखिन सक्ने भएकाले उच्च सतर्कता अपनाउन नगरपालिकाले नगरवासीमा अनुरोधसमेत गरेको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।