काठमाडौं– नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको सङ्ख्या ३० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा संक्रमितको कुल संख्या ३० हजार ८७७ पुगेको छ।
सक्रिय संक्रमितमध्ये २९ हजार ७०५ जना होम आइसोलेसन रहेका छन् भने ११ सय ७२ जना संस्थागत आइसोलेसन रहेका छन्। हाल देशभर १३९ जना आईसीयूमा र २६ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांक छ।
प्रदेश १ मा २३ जना आईसीयू र आठ जना भेन्टिलेटरमा उपचाररत छन् भने मधेश प्रदेशमा चार जना आईसीयूमा छन्। त्यसैगरी, बागमतीमा आईसीयूमा ८९ र १३ जना भेन्टिलेटरमा उपचाररत छन् भने गण्डकीमा सात जना आईसीयू र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।
लुम्बिनी प्रदेशमा १३ जना आईसीयूमा र दुई जना भेन्टिलेटर, कर्णाली प्रदेशमा एक जना आईसीयू र एक जना भेन्टिलेटरमा उपचररत छन्।
त्यसैगरी सुदूरपश्चिममा दुई जना आईसीयू र एक जना भेन्टिलेटरमा उपचाररत रहको मन्त्रालयको तथ्यांक छ।
हाल मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, कास्की, रुपन्देही र कैलाली गरी नौ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।