• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २१, २०८२ Sat, Jul 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
मधेश प्रदेश : ‘फागुन १६’ को प्रस्थानविन्दु ओलीको बहिर्गमनले यसरी बन्यो सहज
64x64
किशोर दहाल मंगलबार, माघ ४, २०७८  १९:०६
1140x725

काठमाडौं- २०६३ माघ १ गते भर्खरै विद्रोहबाट शान्तिपूर्ण राजनीतिमा आएको माओवादीसहितको सहमतिमा जारी भएको अन्तरिम संविधानले संघीयताको प्रत्याभूति नगरेपछि भोलिपल्ट उपेन्द्र यादव नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा अन्तरिम संविधान जलायो। संविधान जलाएपछि यादवसहितका व्यक्तिहरु पक्राउ परे। उनीहरुको रिहाइको माग गर्दै भएको प्रदर्शन अन्ततः कठोर आन्दोलनको रुपमा स्थापित भयो। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दुईपटक राष्ट्रका नाममा सम्बोधन गरेपछि केही थामिएको भए पनि आन्दोलन जारी नै रह्यो। अन्ततः यादव र तत्कालीन सरकारी वार्ता टोलीका संयोजक, शान्तिमन्त्री रामचन्द्र पौडेलबीच २०६४ भदौ १३ गते २२ बुँदे सहमतिमा हस्ताक्षर भएपछि पहिलो मधेश आन्दोलनले विश्राम पाएको थियो।

सहमति कार्यान्वयन नगरी संविधानसभाको निर्वाचन गराइहाल्ने राज्यपक्षको हतारोका बीच सोही वर्ष फागुन १ गतेदेखि दोस्रो मधेश आन्दोलन सुरु भयो। मधेश केन्द्रित तीन दल मधेशी जनअधिकार फोरम, सद्‍भावना पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टी सम्मिलित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरेको सो आन्दोलन फागुन १६ गतेसम्म चल्यो। मोर्चा ‘समग्र मधेश एक प्रदेश’को सुनिश्चितताको खोजीमा थियो, सरकार संविधानसभाको निर्वाचनको। सहमतिका लागि भारतीय दूतावास पनि सक्रिय थियो। भारतीय दूतावासमै आठ बुँदे सहमतिको खेस्रा पनि बनाइएको थियो। र, सामान्य संशोधन गरेर प्रधानमन्त्री निवास बालुवाटारमा हस्ताक्षर गरिएको थियो।

यो सहमतिको घोषणा हुँदा बालुवाटारमा प्रधानमन्त्री कोइरालाले हिन्दीमा सम्बोधन गरेको विषय अहिले पनि बेलाबखत चर्चा हुने गर्छ। आठ बुँदे सो सहमतिको दोस्रो बुँदामा भनिएको थियो- मधेशी जनताको स्वायत्त प्रदेशको चाहनालगायत अन्य क्षेत्रको जनताको स्वायत्त प्रदेशसहितको संघीय संरचनाको आकांक्षालाई स्वीकार गरी नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हुनेछ।

प्रस्थानविन्दु ‘फागुन १६’
फागुन १६ को सहमतिले संविधानसभाको चुनाव सम्भव भयो। तर, संघीयताको लागि मधेश पटक-पटक आन्दोलित हुनुपर्‍यो। त्यसको एउटा उदाहरण हो, प्रदेशविनाको संविधान जारी गर्ने प्रयत्न। मधेशको असन्तुष्टिकै कारण प्रमुख दलहरुको सो प्रयास सफल हुन पाएन। बरु नामविनाकै प्रदेशहरु भएको संविधान जारी भयो। प्रदेशको क्षेत्राधिकारको विषयमा प्रशस्तै बहस हुनसक्ला, तर सातमध्ये प्रदेश २ लाई अनौपचारिक रुपमा मधेश प्रदेशकै रुपमा बुझियो। सोमबार भने प्रदेश २ सभाले आफ्नो प्रदेशको नाम औपचारिक रुपमै 'मधेश प्रदेश’ हुने टुंगो लगाएको छ।

मधेश राजनीतिका विश्लेषक तुलानारायण साह ‘मधेश प्रदेश’को प्रस्थानविन्दु फागुन १६ को सहमतिलाई मान्छन् तर, सोही सहमतिको कार्यान्वयनस्वरुप मधेश प्रदेश नामाकरण भएको भने स्वीकार्दैनन्। ‘त्यो सहमतिका सबै कुरा लागू भएनन्। त्यसो भएको भए सेनामा समूहगत प्रवेश हुन्थ्यो,’ उनले भने, ‘त्यसैले त्यही सहमतिकै कारणले ‘मधेश प्रदेश’ घोषणा भएको भन्न मिल्दैन। सहमतिमा त्यतिबेलाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्रीको रुपमा हस्ताक्षर गर्नुभएको थियो। माधव नेपाल र पुष्पकमल दाहाल 'प्रचण्ड'ले पनि साक्षीको रुपमा हस्ताक्षर गर्नुभएको थियो। त्यही सहमतिको कार्यान्वयन गरिएको भए त कोइराला र नेपालको पार्टीले पनि ‘अफिसियल’ निर्णय गरेर मधेश प्रदेशको पक्षमा उभिनुपर्थ्यो।' साहले भनेझैं ‘सेनामा समूहगत प्रवेश’को विषय नै यस्तो उट्पट्याङ थियो जसले मधेशकेन्द्रित दलका मागप्रति संशय ह्वात्तै बढाइदिएको थियो।

सोमबार प्रदेश सभामा भएको निर्वाचनमा सहभागी ९९ सदस्यमध्ये ८० जनाले ‘मधेश प्रदेश’को पक्षमा मत दिएका थिए। सो नामको पक्षमा जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र माओवादी केन्द्र उभिएका थिए। जसपा र लोसपाले दोस्रो मधेश आन्दोलनको नेतृत्व गरेको मोर्चाको प्रतिनिधित्व गर्छन्। आठ बुँदे सहमतिमा आन्दोलनकारीहरुको तर्फबाट हस्ताक्षर गरेका उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतो अहिले यिनै पार्टीमा छन्। उनीहरु केही समयअघि एउटै पार्टीमासमेत थिए।

कांग्रेस, एमाले तथा एकीकृत समाजवादी जस्ता पार्टीले पार्टीको तर्फबाट फरक-फरक नाम प्रस्ताव गरेका भए पनि ती पार्टीका सांसदले भने ‘फ्लोर क्रस’ गरेको देखिन्छ। पार्टी केन्द्रले सो प्रदेशको भावनाको कदर नगरेको र प्रदेश सदस्यहरुले पनि पार्टी केन्द्रको मानसिकतालाई अस्वीकार गरेको मत परिणामबाट पुष्टि हुन्छ।

ओली बहिर्गमनले सहज
यसअघि २०७६ चैत ४ गते पनि प्रदेशको नामको लागि प्रदेश सभामा निर्वाचन भएको थियो। त्यतिबेलाका कुनै प्रस्तावले पनि दुईतिहाइ मत पाउन सकेका थिएनन्। त्यतिबेला १०७ सदस्यीय प्रदेश सभामा दुईतिहाइको लागि ७२ मत आवश्यक पर्थ्यो। तत्कालीन नेकपाले प्रस्ताव गरेको ‘जानकी’को पक्षमा ३७ र विपक्षमा ७० मत परेको थियो। कांग्रेसले प्रस्ताव गरेको ‘मिथिला भोजपुरा’को पक्षमा २८ र विपक्षमा ७९ मत परेको थियो। त्यतिबेला पनि कांग्रेस सांसद् राजेश्वर साहले ‘मध्य मधेश’ नाम प्रस्ताव गरेका थिए। सो प्रस्तावको पक्षमा ४२ र विपक्षमा ६५ मत परेको थियो।

त्यतिबेला सत्तापक्ष रहेको समाजवादी पार्टी र राजपा नेपाल (पछि यी दुई पार्टीबीच एकता भएर जसपा बनेको थियो, गत भदौमा विभाजित भएर जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी भएका छन्) को प्रस्ताव रहेको ‘मधेश’ नाम पनि अस्वीकृत भएको थियो। त्यतिबेला सो नामको पक्षमा ६० र विपक्षमा ४६ मत परेको थियो। एक मत बदर भएको थियो। सबैजसो प्रस्तावमा ‘क्रस भोटिङ’ भएको थियो। तर, दुईतिहाइ भने कुनै प्रस्तावले पाउन सकेका थिएनन्।

नेकपा विभाजनपछि मधेश प्रदेश नामाकरणमा सहज भएको देखिन्छ। त्यसैकारण नेकपाबाट छुट्टिएको माओवादी केन्द्रले ‘जानकी प्रदेश’ परित्याग गरी ‘मधेश प्रदेश’को पक्षमा आफूलाई उभ्यायो। नेकपाकै अर्को टुक्रा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि ‘जानकी प्रदेश’को पक्षमा आफूलाई उभ्यायो तर, कडा नीति अख्तियार गरेन। 

‘मधेश प्रदेशको घोषणा भयो। यो अजेण्डाको सुरुआत जति वर्ष पुरानो भए त्यो इतिहासको कुरा हो। तत्कालीन अवस्थामा भने केपी ओलीको बहिर्गमनपछि नेपाली राजनीतिमा जुन खालको नयाँ समीकरण बन्यो, त्यही नै यसको पछिल्लो ‘टर्निङ प्वाइन्ट’ हो। नेकपा कायमै रहेको भए प्रचण्डजी पनि नेकपामै कायम हुनुहुन्थ्यो। नेकपामै रहेको भए उहाँले अहिले जसरी मधेश प्रदेशको पक्षमा आफूलाई उभ्याउन सक्नुहुने थिएन,’ साहले भने, ‘त्यसो हुँदा ‘मधेश प्रदेश’ पक्षधर सांसदको संख्या थोरै मात्रै हुन्थ्यो। तर, प्रचण्ड मधेश प्रदेशको पक्षमा उभिएपछि सो प्रस्ताव पास हुन आवश्यक सांसद संख्या थोरै मात्रै रह्यो। त्यसैले खेल्न सजिलो भयो। त्यसैले मधेश प्रदेश कायम हुनुमा केपी ओलीको बहिर्गमनपछि बनेको राजनीतिक समीकरण नै मूल कारण हो। उपेन्द्र यादव र महन्थ ठाकुरको अडान ले पनि त्यसमा भूमिका खेल्यो।’

प्रतिरोधको विम्ब मधेश
तत्कालीन अन्तरिम संविधानमा संघीयता सुनिश्चित गराउन सफल भएका एक नेता उपेन्द्र यादवले ‘मधेश प्रदेश’को नामकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको बताएका छन्। ‘मधेशी जनताले जुन बलिदान दिए, ती सहिदहरूको एउटा सपना मधेश प्रदेशको स्थापना थियो,’ सोमबार राति आयोजित खुसियाली सभालाई सम्बोधन गर्दै उनले भने, ‘त्यो सपना सफल भएको छ, यसबाट मधेश आन्दोलनले एउटा सम्मान पाएको हामीले महसुस गरेका छौं।’

२०६३ सालपछिको मधेश आन्दोलनमा ‘मधेश’ शब्द नै प्रतिरोधको विम्ब भएको थियो। आन्दोलनसँग जोडिएका वा यसप्रति अपनत्व राख्नेहरुले प्रदेशको नाम त्यही शब्दबाट रहोस् भन्ने अपेक्षा पनि गरेका थिए। मधेश आन्दोलनकै माग अलि बृहत् र अरु धेरै कुरा भएको भए पनि मधेश नामले औपचारिकता प्राप्त गर्नुलाई उपलब्धि मान्नुपर्ने उनीहरुको मत पाइन्छ। लेखक उज्ज्वल प्रसाईं भन्छन्,‘मधेश आन्दोलन पहिचानको आन्दोलन पनि भएका कारण प्रतिरोधको नाम नै प्रदेशको नाम हुनु आन्दोलनकै उपलब्धि मानिनु ठीकै हो।’

मधेश प्रदेशको नाम टुंगिएसँगै राजनीतिशास्त्री, प्राध्यापक कृष्ण पोखरेलले पनि ट्विटरमा लेखे- ‘कमसे कम एउटा प्रदेशले त पहिचानअनुसारको नाम पायो, बधाई मधेश प्रदेश!’

मधेश प्रदेशसँगै प्रदेश सभामा अन्य चारवटा नाम पनि प्रस्तावित थिए- जानकी प्रदेश, मिथिला भोजपुरा प्रदेश, मध्य मधेश प्रदेश र जनक प्रदेश। मधेश नाम जोडिएका विषयमा ‘काठमाडौं मानसिकता’ प्रतिविम्बित गर्ने कतिपयले असन्तुष्टि राख्दै सोमबार सामाजिक सञ्जालमा अन्य विभिन्न नामको पक्षमा आफूलाई उभ्याएका थिए। मधेश नाम नभइदियोस् भन्ने उनीहरुको चाहना देखिन्थ्यो।

उनीहरुप्रति नै लक्षित हुनुपर्छ, जसपा नेता बाबुराम भट्टराईले पनि ‘मधेश प्रदेश’नामाकरणको ऐतिहासिक महत्त्व बुझ्न आग्रह गरेका छन्। ‘यो कसैको दयाले नभइ मधेशी जनताले आफ्नो पहिचान/अधिकारको निम्ति गरेको बलिदानको फल हो। अरू जाति/राष्ट्रियताले पनि ढिलोछिटो प्राप्त गर्नैपर्छ। इन्द्रेणीका विविध रंग देखिँदा आकाशै खस्छ भन्ने मूर्ख र ठगहरू कुनै दिन इतिहासको कठघरामा उभिनैपर्छ!,’ उनले ट्विटरमा लेखेका छन्।

 

प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  १९:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
जनता सन्तुष्ट छैनन्, स्थिति गम्भीर छ : प्रचण्ड स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०२ औँ जन्म जयन्तीका अवसरमा आज शीतल निवासमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको सरकारले... शुक्रबार, असार २०, २०८२
प्रधानमन्त्रीको स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि मजबुत : परराष्ट्र मन्त्रालय ६ दिने औपचारिक स्पेन भ्रमण गरी शुक्रबार साँझ प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधि मण्डल स्वदेश फर्केपछि परराष्ट्रसचिव अमृत राईले... शुक्रबार, असार २०, २०८२
पार्टीले निर्देशन दिएमा सभापति पद छोड्न तयार छु : रामहरि खतिवडा नेपाली कांग्रेसका केन्द्रीय सदस्य खतिवडाले शुक्रबार पार्टी केन्द्रीय समिति बैठकमा पार्टीले निर्देशन दिएमा आफू समिति सभापति पद छोड्न... शुक्रबार, असार २०, २०८२
ताजा समाचारसबै
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
बिपी राजमार्गको काभ्रे-खण्डमा राति सवारी चलाउन रोक शुक्रबार, असार २०, २०८२
जनता सन्तुष्ट छैनन्, स्थिति गम्भीर छ : प्रचण्ड शुक्रबार, असार २०, २०८२
बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु शुक्रबार, असार २०, २०८२
क्रिकेटका पारखी किरोजको एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
एसिसी पुरुष  यु–  फाइनलमा पुग्न नेपाललाई सामान्य लक्ष्य बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्