• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २१, २०८२ Sat, Jul 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
चार महिनादेखि गुमनाम राज्य व्यवस्था समिति: सभापति मन्त्री बनेपछि बैठक नै बन्द
64x64
किशोर दहाल सोमबार, माघ १७, २०७८  १८:२४
1140x725
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक, फाइल तस्बिर

काठमाडौं– जनताका प्रतिनिधिहरुको सर्वोच्च संस्था संसद्को चपाउने दाँत मानिन्छन्, संसदीय समितिहरु। त्यसमा पनि केही समितिहरुको भूमिका विशेष महत्त्वको हुने गर्छ। तिनैमध्येको एक हो, राज्य व्यवस्था तथा सुशासन समिति। तर, यही समिति अहिले सर्वाधिक निष्क्रिय छ।

समितिको बैठक बस्न नसकेको चार महिना भइसकेको छ। प्रभावशाली यो समितिको बैठक महिनौंसम्म बस्न सकेको त छैन नै, कहिले बस्ला भन्ने आकलन गर्ने अवस्था पनि छैन। माओवादी केन्द्रकी सांसद् तथा समिति सदस्य यशोदा गुरुङ सुवेदी भन्छिन्, ‘अरु समिति फाट्टफुट्ट यसो चलेको जस्तो देखिन्छ। तर, राज्यव्यवस्था समिति त पूरै निष्क्रिय भयो।’

पछिल्लो पटक गत असोज २० गते राज्यव्यवस्था समितिको बैठक बसेको थियो। त्यसदिनको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र निर्वाचन आयोगको वार्षिक प्रतिवेदनबारे तयार उपसमितिको प्रतिवेदनमाथि छलफल गरिएको थियो। तर, पर्सिपल्ट अर्थात् असोज २२ गते नै समिति सभापति शशी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनिन्।

राज्य व्यवस्था समिति सभापति श्रेष्ठ मात्रै होइन, वर्तमान मन्त्रिपरिषद्‌मा श्रेष्ठबाहेक नै पाँच जना सदस्यहरु जनार्दन शर्मा, महेश्वर गहतराज, दिलेन्द्र बडू, राजेन्द्र श्रेष्ठ र रामसहाय यादव पनि मन्त्री बनेका छन्। परिणामतः कुनै बेला २७ सदस्यीय समितिमा अहिले २१ जना मात्रै बाँकी छन्। मुख्यतः सभापति नभएका कारण समिति बस्न नसकेको हो। ‘सभापति नभएपछि स्वभाविक रुपमा समितिको नेता पनि भएन। समितिकै नेता नभएपछि बैठकको आयोजना पनि हुनसकेन’, एमाले सांसद् तथा सोही समितका सदस्य दामोदर भण्डारी भन्छन्।

समितिको कार्यविधिमा सभापतिले बैठक बोलाउने व्यवस्था छ। कोरोना महामारीका कारण भौतिक रुपमा बैठक बस्न त अहिले मुस्किल नै देखिन्छ। तर, समिति ठीकठाक अवस्थामा हुन्थ्यो भने अघिल्ला वर्षमा जस्तै ‘भर्चुअल’ विधिबाट बैठक बस्न सक्थे।

राज्य व्यवस्था तथा सुशासन समितिलाई अन्य समितिको तुलनामा शक्तिशाली मानिन्छ। यसको कार्यक्षेत्रभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग र निर्वाचन आयोग लगायतका निकाय पर्छन्। ती निकायमाथि निगरानी गर्ने, त्यहाँबाट हुने निर्णयहरुमा आवश्यक निर्देशन दिने लगायतका काम समितिले गर्दै आएको थियो। यो समिति कतिसम्म शक्तिशाली हो भने कुनै बेला सेना र प्रहरी नेतृत्वसँग मिलेर स्वार्थकेन्द्रित निर्णय गर्न खोज्दा प्रधानमन्त्रीलाई नै समितिमा झिकाएर त्यसो नगर्न ठाडो निर्देशन दिइन्थ्यो। 

समितिका अन्य नियमित कामहरु पनि छँदैथिए। ती सबै प्रभावित भएका छन्।

‘समितिहरुमा विधेयकहरु खासै छैनन्। सरकारले नयाँ विधेयक ल्याएको पनि छैन। समिति चलिरहेको भए ल्याउँथ्यो कि के गर्थ्यो’, सुवेदी भन्छिन्, ‘अहिले जनताको दैनिक सरोकारका विषयहरुमा छलफल हुनसकेको छैन। यसबीचमा बाढी पहिरो, प्राकृतिक प्रकोप, महिला हिंसाका घटना भए, अन्य महत्त्वपूर्ण घटनाहरु पनि भएका छन्। यस्ता विषयहरुमा समितिले सरकारलाई निर्देशन दिन सक्थ्यो। अहिले समिति नचल्दा त्यस्ता काम पनि रोकिएका छन्। त्यसरी रोकिनु राम्रो होइन।’

सभापति नै मन्त्री बनेपछि समिति सञ्चालनका लागि अन्य विकल्पहरुको खोजी भएको छैन। सभापति चयन नहुँदा ज्येष्ठ सांसदको रुपमा मीना पाण्डेले केही समय बैठक सञ्चालन गरेकी थिइन्। अहिले पनि कतिपय सांसद्हरु ज्येष्ठ सांसदबाट बैठक सञ्चालन गर्नुपर्ने बताउँछन्, तर त्यो उपाय पनि अपनाइएको छैन।

विकल्पहरुको खोजी नहुनुमा इच्छाशक्तिलाई कारण मान्छन्, भण्डारी। ‘समिति सभापति चयन गर्ने कुरा सरकारको इच्छाशक्तिमा पनि भर पर्छ। सत्तापक्ष गैरजिम्मेवार भएका कारणले समितिको बैठक बस्न नसकेको हो। इच्छाशक्ति नभएपछि विकल्पको खोजी पनि भएन’, उनी भन्छन्, 'सभापति त सम्बन्धित समिति सदस्यहरुबाटै चयन गर्ने हो। सरकारको अग्रसर र जवाफदेही नहुँदा समिति नेतृत्वविहीन भएको छ।’

अहिले समितिहरु पुनर्गठनको कुरा पनि चलिरहेको छ। सांसद् सुवेदी पुनर्गठन नभइकन सभापति चयन हुनु उचित नहुने ठान्छिन्। ‘खालि भएको स्थान संसद् बैठकबाट पूर्ण गर्नुपर्ने हुन्छ। त्यसलाई एमालेले अवरुद्ध गरेको गर्‍यै छ। अजेन्डामा यो विषयलाई पहिलो प्राथमिकतामा राख्ने भन्ने त छ। तर, संसद् नखुलि त्यो सम्भव भएन। त्यसका लागि पनि सबै पार्टीले सांसदको सूची पनि दिनुपर्‍यो। दलको सहभागिता अनुसार समितिमा प्रतिनिधित्वको प्रतिशत मिलाउनुपर्छ। विभिन्न समितिमा अदलबदल गर्नुपर्ने हुन्छ’, उनी भन्छिन्, ‘समितिले पूर्णता पायो भने ज्येष्ठ सदस्यको नेतृत्वमा बैठक बस्न सकिन्थ्यो। अहिले त त्यसका लागि पनि पहल हुनसकेको छैन।’

शक्तिशाली राज्य व्यवस्था, यस्ता छन् काम, कर्तव्य र अधिकार
संसदीय समितिहरुमध्ये सम्भवतः सबैभन्दा शक्तिशाली समिति राज्य राज्य व्यवस्था तथा सुशासन समिति हो। किनभने यसको कार्यक्षेत्रभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग र निर्वाचन आयोग पर्छन्। मुलुकमा सशस्त्र द्वन्द्व अन्त्य गरेर अघि बढेको शान्ति प्रक्रियाबाट भए गरेका कामकारबाहीहरु पनि यो समितिको क्षेत्राधिकारमा पर्छन्।

प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७५ मा उल्लेख भए बमोजिम समितिको काम, कर्तव्य र अधिकार यसप्रकार छन्ः

१. समितिको कार्यक्षेत्र भित्र पर्ने मन्त्रालय, आयोग र निकायसँग सम्बन्धित विधेयक उपर दफावार छलफल गरी सो सम्बन्धी प्रतिवेदन पेस गर्ने।

२. मन्त्रालय, विभाग र अन्तर्गतका निकायको नीति तथा कार्यक्रम, स्रोत परिचालन, व्यवस्थापन र अरू यस्तै क्रियाकलापको मूल्याङ्कन गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने र समुचित टिप्पणी, सिफारिस र निर्देशन सहितको वार्षिक प्रतिवेदन बैठकमा पेस गर्ने।

३. मन्त्रालय, विभाग र अन्तर्गतका निकायको राजस्व र व्ययसम्बन्धी अनुमानको जाँच गरी वार्षिक अनुमान तयार गर्ने तरिका, वार्षिक अनुमानमा निहित नीतिको सट्टा अपनाउन सकिने वैकल्पिक नीति र वार्षिक अनुमानमा रहेको रकममा के कति किफायत गर्न सकिन्छ भन्ने सम्बन्धमा सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने र आफ्नो राय सहितको वार्षिक प्रतिवेदन बैठकमा पेस गर्ने।

४. मन्त्रीले सरकारको तर्फबाट बैठकमा समय–समयमा दिएका आश्वासनलाई पूरा गर्न नेपाल सरकारद्वारा के–कस्ता कदम उठाइएका छन् सो सम्बन्धमा अध्ययन गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने र बैठकमा प्रतिवेदन पेस गर्ने।

५. विषयसँग सम्बन्धित सरकारी निकायको सार्वजनिक सम्पत्तिको हिनामिना भए नभएको अध्ययन, अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन दिने र बैठकमा प्रतिवेदन पेस गर्ने।

६. सभाद्वारा प्रत्यायोजित अधिकार अन्तर्गत बनाइएको नियम संविधान, सम्बन्धित ऐन, प्रचलित कानुन बमोजिम बनेको छ वा छैन र सरकारद्वारा प्रचलित ऐन, नियम अनुरुप काम भए गरेको छ वा छैन भन्ने विषयमा मूल्याङ्कन गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने।

७. सरकारद्वारा समय–समयमा गठन हुने छानबिन आयोग/समिति र जाँचबुझ आयोग/समितिद्वारा प्रस्तुत प्रतिवेदन कार्यान्वयनको अनुगमन गरी सम्बन्धित निकायलाई आवश्यक राय, सल्लाह र निर्देशन दिने।

८. मन्त्रालय, विभाग र अन्य निकायबाट सम्पादन भएका कामको अनुगमन तथा मूल्याङ्कन गरी सो सम्बन्धमा आवश्यक निर्देशन दिने।

९. बैठकले सुम्पेको अन्य काम गर्ने।

१०. समितिको सिफारिसमा सभामुखबाट अनुमोदित बजेट र कार्यक्रमको अधीनमा रही आफ्नो कार्यक्रम सञ्चालन गर्ने।

प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  १८:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
जनता सन्तुष्ट छैनन्, स्थिति गम्भीर छ : प्रचण्ड स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०२ औँ जन्म जयन्तीका अवसरमा आज शीतल निवासमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको सरकारले... शुक्रबार, असार २०, २०८२
प्रधानमन्त्रीको स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि मजबुत : परराष्ट्र मन्त्रालय ६ दिने औपचारिक स्पेन भ्रमण गरी शुक्रबार साँझ प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधि मण्डल स्वदेश फर्केपछि परराष्ट्रसचिव अमृत राईले... शुक्रबार, असार २०, २०८२
पार्टीले निर्देशन दिएमा सभापति पद छोड्न तयार छु : रामहरि खतिवडा नेपाली कांग्रेसका केन्द्रीय सदस्य खतिवडाले शुक्रबार पार्टी केन्द्रीय समिति बैठकमा पार्टीले निर्देशन दिएमा आफू समिति सभापति पद छोड्न... शुक्रबार, असार २०, २०८२
ताजा समाचारसबै
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
बिपी राजमार्गको काभ्रे-खण्डमा राति सवारी चलाउन रोक शुक्रबार, असार २०, २०८२
जनता सन्तुष्ट छैनन्, स्थिति गम्भीर छ : प्रचण्ड शुक्रबार, असार २०, २०८२
बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु शुक्रबार, असार २०, २०८२
क्रिकेटका पारखी किरोजको एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
एसिसी पुरुष  यु–  फाइनलमा पुग्न नेपाललाई सामान्य लक्ष्य बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्