काठमाडौं- बुधबार नेप्से परिसूचक ४ दशमलब ६२ अंकले बढेर ११ सय ९९ दशमलब ४२ को बिन्दुमा आइपुगेको छ।
बुधबार १ सय ५७ कम्पनीको १७ करोड ३० लाख ७७ हजार ६ सय ९१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। नेको इन्स्योरेन्स कम्पनीको सर्वाधिक ९२ लाख ६३ हजार ७६५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, मेगा बैंकको ९० लाख २२ हजार १५७ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
बुधबार नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६ रुपैयाँ अर्थात् ३१ प्रतिशतले बढेको छ। गुमाउनेमा भने रैलाङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ता छन्। उक्त कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५ रुपैयाँ अर्थात् ९ दशमलब ७६ प्रतिशतले घटेको छ।
बुधबार कारोबारमा आएका तीन समूह बाहेक अरु सबै समूहमा हरियाली छाएको छ। उत्पादन तथा प्रशोधन समूहको सेयर सर्वाधिक १९ दशमलब ८८ अंकले घटेको छ। त्यस्तै, बिमा समूह ४ दशमलब ५८ अंकले घटेको छ भने जलविद्युत् समूह ४ दशमलब ४७ अंकले घटेको छ। यता होटल समूहको सेयर मूल्य २० दशमलब ६७ अंकले बढेको छ। त्यस्तै, विकास बैंक समूह ११ दशमलब ९४ अंकले बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।