बागलुङ– बागलुङको बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई उद्धार गरिएको छ।
ढोरपाटन नगरपालिका–८ की ३८ वर्षीयी हुमी बिक र सोही नगरपालिका–५ की २३ वर्षीया देवी सुनारलाई हवाई उद्धार गरेर काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका बागलुङले जनाएको छ।
प्रहरीका अनुसार नेपाल सेनाको हेलिकप्टरबाट उनीहरुलाई थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा भर्ना गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।