काठमाडौं- नेपाल शिक्षक संघले शिक्षक र विद्यालयमा कार्यरत कर्मचारीहरुलाई पनि अतिरिक्तमात्रा (बुस्टर डोज) खोप दिन सरकारसँग माग गरेको छ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले विद्यार्थीहरुलाई खोप दिने कार्य स्वागतयोग्य भएको भन्दै क्रियाशील शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई अग्रस्थानमा काम गर्नेहरुको सूचीमा राखी प्राथमिकताका साथ कोभिडविरुद्धको तेस्रो डोज (बुस्टर डोज) खोप तत्काल उपलब्ध गराउन माग गरेको छ।
महामारीको समयमा उच्च सतर्कता अपनाउन, सरकारले घोषणा गरेका सबै स्वास्थ्य मापदण्डलाई अक्षरशः पालना गर्दै सङ्घले विगतदेखि सञ्चालन गर्दै आएको “घरघरमा विद्यालय अभियान”लाई स्थान र समयसापेक्ष परिमार्जन सहित विद्यार्थीहरुको सिकाइ क्रियाकलापमा जोडिनसमेत संघले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।