काठमाडौं– नेपालमा थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट २३ हजार ९२ नमूना परीक्षण गर्दा शुक्रबार १० हजार ७०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १८ हजार ६१८ नमूनाको पीसीआर र ४ हजार ४७४ नमूनाको एन्टिजेन परीक्षण गरिएको थियो।
पीसीआर परीक्षणबाट ८ हजार ८१५ र एन्टिजेन परीक्षणबाट १ हजार ८८८ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरमा गरी ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६३५ पुगेको मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ठाउँमा गरी ७६६ जना कोरोना संक्रमणबाट मुक्त (निको) भएका छन्।
मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।