प्रधानमन्त्री देउवा, फाइल तस्बिर काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड रोकथाम र नियन्त्रणका कार्यक्रम गर्दा अर्थतन्त्रलाई ध्यानमा राखिने बताएका छन्।
शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले भने, 'कोभिडि रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था गर्दा अर्थतन्त्र र सामिजिक गतिविधिलाई कम असर पर्नेगरी गरिनेछ।'
उनले पूर्ण खोप नै समाधान भएकाले चैतभित्र सवैलाई खोप उपलब्ध गराउने प्रतिबद्धतामा सरकार स्थिर रहेको बताएका छन्। त्यहीअनुसार खोप अभियान चलिरहेको उनको भनाइ छ।
उनले स्वास्थ्य उपचारका विषयमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउँदै सुरक्षा मापदण्ड अपनाएर खोप कार्यक्रमलाई निरन्तरता दिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।