काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ। स्वास्थ्यमा असहज महसुस भएपछि गरिएको परीक्षणमा अध्यक्ष ओलीलाई संक्रमण पुष्टि भएको हो।
सुरुमा एन्टिजेन परीक्षण गर्दा पोजिटिभ देखिएपछि शनिबार पीसीआर परीक्षण गरिएको थियो। संक्रमण पुष्टि भएपछि ओली भने आफ्नो निवास बालकोट, भक्तपुरमा नै आइसोलेसनमा रहेका छन्।
अध्यक्ष ओलीलाई कोरोना संक्रमण भएसँगै आज गर्ने भनिएको एमालेको पत्रकार सम्मेलनसमेत रोकिएको छ। ओलीको स्वास्थ्य अवस्थाबारे केहीबेरमा औपचारिक प्रेस वक्तव्यमार्फत जानकारी दिने एमालेले बताएको छ।
* यसअघि ओली निकट एक नेताले दिएको जानकारी अनुसार श्रीमती राधिका शाक्यलाई पनि संक्रमण भएको भनेर लेखिएकाले सच्याएका छौं। एमालेले दिएको आधिकारिक जानकारी अनुसार शाक्यलाई संक्रमण देखिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।