• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २८, २०८२ Sat, Jul 12, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान
बजेटमा कृषि आधुनिकीकरणको नारा, धान रोप्न आकाशेपानीको भर
64x64
नेपाल लाइभ शुक्रबार, असार १५, २०७५  ०३:०४
1140x725

धनगढी- घोडाघोडी नगरपालिकाकी जिवीका ढकाल बुधबार खेतमा देखिइन्। श्रीमान् भारत र सन्तानहरु विदेशतिर भएपछि उनले आफूसहित मजदुरी लगाएर धान रोपाइँ गरिरहेकी थिइन्। पुरुषहरु गोरु बाउँदै थिए भने केही महिला धानको बीउ बोक्दै थिए। केही धमाधम धान रोप्नमा व्यस्त।

मंगलबार देशभर वर्षा भए पनि किसानहरुका लागि खेती गर्न आवश्यक वर्षा भने भएन। कैलाली जिल्लाका अधिकांश किसानहरुले समयमै पानी नपर्दा धान रोपाइँ गर्न सकेका छैनन्। 

ढकालले भनिन्, ‘खेती गर्न सिँचाइको व्यवस्था छैन्, आकाशेपानीको भरमा बस्नुपर्छ।’ उनले सरकारले कृषिलाई आधुनिकीकरण गर्दै लैजाने भने पनि व्यावहारिक रुपमा नदेखिएको गुनासो गरिन्। बेलामा मल नपाउने गरेको गुनो पनि उनले गरिन्। स्थानीय, प्रदेश र केन्द्रीय सरकारले कृषिलाई प्राथमिकता दिइरहेको नारा लगाए पनि ढकाल जस्ता किसानका समस्या ज्युँ का त्युँ छन्।

घोडाघोडी नगरपालिका १ की लक्ष्मी विष्टको समस्या पनि उस्तै छ। हरेक वर्षको जेठ महिनामा आकाशबाट पानी पर्न थालेपछि घोडाघोडी नगरपालिकाका किसानहरुले रोपाइँ थाल्ने गरे पनि यसपालि मनसुन सक्रिय नबन्दा समस्या भएको उनले बताइन्। ‘पोहोर त असार ६ गते नै रोपाइँ सकेका थियौ,’ भनिन्, 'यसपालि आकाशबाट पानी नपर्दा लगाएको अन्न पनि खेतमै सुक्छ कि भनी अहिलेसम्म नलगाएको।'

जिल्ला कृषि विकास कार्यालय, कैलालीका अनुसार यस वर्ष हालसम्म कैलालीको ७१ हजार ५ सय हेक्टर खेतीयोग्य जमिनमध्ये २५ प्रतिशतमा धान रोपाइँ भइसकेको छ। कार्यालय प्रमुख यज्ञराज जोशीले गत वर्ष यो अवधिमा ५५ प्रतिशत जग्गामा धान रोपाइँ सकिएको बताए। उनका अनुसार कैलालीको कुल खेतीयोग्य जमिनमध्ये हालसम्म ४७ प्रतिशतमा मात्र सिँचाइ सुविधा पुगेको छ।

Ncell 2
Ncell 2

समृद्धिको नारा, किसानका समस्यै समस्या
राज्यले कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण बनाउने प्रयास गरिरहे पनि किसानहरु भने परम्परागत ढंगबाटै खेती किसान गर्नुपरिरहेको गुनासो गर्छन्। देश संघीय संरचनामा गएसंगै आम नागरिकले तिन तहका सरकार क्रमशः स्थानीय, प्रदेश र संघीय सरकार पाएपनि किसानमैत्री काम भने जनप्रतिनिधिहरुबाट हुन सकेको छैन।

७ नम्बर प्रदेश सरकारले यहि असार १ गते सार्वजनिक गरेको नीति तथा कार्यक्रममा किसानहरुलाई राहत पुर्याउन समयमै मलदेखि अनुदानसम्मका लागि बजेट वक्तव्यमा उल्लेख भए पनि किसानको प्रमुख समस्या सिँचाइ सुविधाका लागि कुनै पनि बजेट विनियोजन नभएको प्रदेशका सांसद कृष्णबहादुर चौधरीले संसदमै जानकारी दिएका थिए। उनले भनेका थिए, ‘हामी धान उत्पादन बढाई प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने कुरा गरिरहेका छौं तर, सिँचाइका लागि बजेट विनियोजन किन गरिएन?’

बजेटले तरकारी, फलफुल लगायतको उत्पादन वृद्धिमा जोड दिइएको भए पनि धान र गहुँ उत्पादनमा खासै जोड नदिएको देखिन्छ। 

३८ प्रतिशत जमिनमा धान रोपाइँ
प्रदेश नम्बर ७ (साबिकको सुदूरपश्चिम) मा असारको दोस्रो सातासम्म करिब ३८ प्रतिशतमा धान रोपाइँ भइसकेको छ। एक लाख ८० हजार दुई सय ९१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको प्रदेशमा ३७ दशमलव ५ प्रतिशतमा धान रोपाइँ भईसकेको क्षेत्रीय कृषि निर्देशनालय दिपायलले जनाएको छ। गत वर्ष यही समयमा ४३ दशमलव ६१ प्रतिशतमा धान रोपाइँ भएको थियो।

क्षेत्रीय निर्देशनालयका प्राविधिक सहायक सरिता पन्तका अनुसार यस वर्ष समयमै पानी नपरेकाले रोपाइँका लागि कृषक पानी कुरिरहेका छन्।

यसैबीच १५औं धान दिवसका अवसरमा प्रदेश तथा स्थानीय तहले विभिन्न कार्यक्रमहरु गरिरहेका छन्।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दिवसको अवसरमा कैलारी गाउँपालिकामा विशेष कार्यक्रमको आयोजना गर्न लागेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: शुक्रबार, असार १५, २०७५  ०३:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमाले अहिले पनि नौजवान पार्टी हो : भट्टराई
गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद
बागलुङमा सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार
सम्बन्धित सामग्री
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
कालिमाटीमा मृत भेटिएका भरियाको हत्या गरिएको आशंका,सीसीटीभी हेर्दै प्रहरी जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार उनको टाउकोमा गम्भीर चोट देखिएकाले हत्याको अनुमान गरिएको छ। टाउ... बुधबार, फागुन ७, २०८१
ताजा समाचारसबै
एमाले अहिले पनि नौजवान पार्टी हो : भट्टराई शनिबार, असार २८, २०८२
गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद शनिबार, असार २८, २०८२
बागलुङमा सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार शनिबार, असार २८, २०८२
म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु शनिबार, असार २८, २०८२
संघीय संरचना अब भत्काउनुपर्छ : उपेन्द्र यादव शनिबार, असार २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी भोलि निर्वाचन आयोग जाँदै शनिबार, असार २८, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी–ट्वान्टी विश्वकप दौडबाट बाहिरियो स्कटल्यान्ड, नेदरल्यान्ड्सलाई इटालीविरुद्ध जित्नैपर्ने दबाब शुक्रबार, असार २७, २०८२
एयर इन्डियाको विमान दुर्घटना: इन्जिन ‘कट-अफ’ को अर्थ र यसको प्रभाव शनिबार, असार २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी भोलि निर्वाचन आयोग जाँदै शनिबार, असार २८, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्