काठमाडौं– आइतबार बिहान दिग्गज गायिका लता मंगेशकरको निधन भएको छ। भारतीयसँगै दर्जनौं भाषामा हजारौं गीत गाएकी लताको आइतबार बिहान मुम्बईस्थित क्याण्डी अस्पतालमा निधन भएको हो।
यीनै लताले करिब १० वर्षअघि नेपाली गायक रामकृष्ण ढकालसँग नेपाली गीत गाएकी थिइन्। उक्त गीत गाउँदा उनले आफूलाई निकै खुशी लागेको बताएकी थिइन्।
शिखर सन्तोषको संगीत र आनन्द अधिकारीको शब्दमा रहेको ‘बाचुञ्जेलीलाई’ गाउँला लताले आफूले गाएका नेपाली गीत सम्झिँदै फेरि गाउन पाउँदा खुशी लागेको बताएकी थिइन्।
‘मलाई गीत निकै राम्रो लाग्यो,’ लताले भनेकी थिइन्, ‘गीत निकै राम्रो लेखिएको र निकै राम्रो बनाइएको छ। नेपाली गीत मैल धेरै वर्ष पहिले गाएको थिएँ, जयदेवीजीको गीत थियो। त्यसमा शब्द नेपालका महाराजाको थियो। धेरै वर्षपछि यो गीत गाउँदा निकै खुशी लागेको छ।’
लताले त्यसअघि जयदेवको संगीत र महेन्द्र वीर विक्रम शाहको शब्दमा रहेको माइतीघर फिल्मको ‘जुन माटोमा मेरो’ बोलको गीत गाएकी थिइन्। उक्त गीत भएको फिल्म सन् १९६६ मा प्रदर्शनमा आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।