काठमाडौं– युट्युबमार्फत नै आफ्नो सांगीतिक करिअर सुरु गरेका गायक सज्जन राज वैद्य युवा पुस्तामाझमा निकै चर्चित छन्। उनी प्रायः गीतहरु सार्वजनिक भएयता युवा पुस्तामाझमा लोकप्रिय बनेका छन्।
बैद्यले सोमबार सार्वजनिक गरेको गीत ‘एक सर्वनाम’ बोलको गीत पनि युट्युबमा ट्रेण्डिङमा आएको छ। गीतको गायनसँगै लेखन, संगीत र निर्माण पनि वैद्य आफैंले गरेका छन्।
गीतको भिडियोमा गायक वैद्यसँगै एलिजे वियानिक्कको अभिनय रहेको छ। भिडियोलाई सरिफ श्रेष्ठले निर्देशन गरेका छन्। अभुषण श्रेष्ठले खिचेको गीतको भिडियोलाई रुजेन महर्जनले सम्पादन गरेका छन्।
गीतमा स्वर्गिय गायक प्रेम ध्वज प्रदानले गाएको गीत ‘नमान लाज’लाई पनि प्रयोग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।