काठमाडौं– गायक राजेश पायल राईका तीन वटा गीत एकसाथ युट्युबको ‘ट्रेण्डिङ’मा परेका छन्। राईले तीन हप्ता अघि निकालेको गीत ‘सै हँमा’देखि गत साता सार्वजनिक भएको ‘चोरी भो’ बोलको गीत र शुक्रबार सार्वजनिक गरेको ‘घामै कसम’ गीतसम्म युट्युबको ‘ट्रेण्डिङ’मा परेका छन्।
तीन हप्ताअघि राईले पेमा डिचेन तामाङसँग संयुक्त रुपमा गाएको गीत ‘सै हँमा’ युट्युबको १३ औं ‘ट्रेण्डिङ’मा छ। उक्त गीतमा तामाङ र राईको स्वर रहेको छ भने संगीत राजेश पायल राईले नै दिएका छन्। गीतको शब्द टिका चाम्लिङको रहेको छ।
त्यस्तै, गत साता सार्वजनिक भएको ‘चोरी भो’ बोलको गीतमा गायक राईसँगै बालगायिका रुक्साना लिम्बुको स्वर रहेको छ। उक्त गीतमा पनि संगीत राईकै रहेको छ भने शब्द राजन मुकारुङको रहेको छ। उक्त गीत अहिले युट्युबको ९ औं ‘ट्रेण्डिङ’मा छ।
शुक्रबार सार्वजनिक भएको राईको नयाँ पनि २४ घण्टा नपुग्दै चर्चामा आएको छ। ‘घामै कसम’ बोलको राजन मुकारुङले लेखेको गीतमा राईसँगै मिन्छमा राईको स्वर रहेको छ। गीतमा संगीत गीतकार राजन मुकारुङले गरेका छन्। यो गीत अहिले युट्युबको २८ औं नम्बरमा ‘ट्रेण्डिङ’ गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।