• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २१, २०८२ Sat, Jul 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
एमसीसी बल्ल ठिक ठाउँमा, विवेक परीक्षणमा सांसदहरु
64x64
किशोर दहाल आइतबार, फागुन ८, २०७८  २१:०९
1140x725

काठमाडौं– २०७६ असार ३० गते नै प्रतिनिधि सभामा दर्ता भएको अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता (मिलेनियम च्यालेन्ज कम्प्याक्ट) ३२ महिनापछि बल्ल सदनमा टेबल भएको छ। आइतबारको प्रतिनिधि सभा बैठकमा टेबल भएपछि ५०० मिलियन अमेरिकी डलरको यो अनुदान सम्झौता एक पाइला अघि बढेको छ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सम्झौतालाई प्रतिनिधि सभामा टेबल गर्ने निर्णय गरेको थियो। बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबारकै प्रतिनिधि सभा बैठकमा सम्झौता टेबल हुने बताएका थिए। लगत्तै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसी टेबल गर्ने 'सहमति' बनेको हो। कार्यव्यवस्थामा माओवादी केन्द्रका तीन सांसद्हरु देव गुरुङ, जयपुरी घर्ती र रेखा शर्माले भने लिखित असहमति पत्र राखेका थिए।

'राष्ट्रिय सहमति कायम नभएको, संशोधन र परिमार्जनको कुनै सुनिश्चितता पनि नभएको र संसद् अवरुद्ध नै रहेकोले एमसीसी सम्झौता सदनमा टेबल गर्ने विषयमा हाम्रो गम्भीर अहसमति रहेको व्यहोरा अनुरोध गर्दछौँ', पत्रमा भनिएको छ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच सहमति भइसकेकाले प्रतिनिधि सभाको बैठकमा सम्झौता टेबल गर्नका लागि सभामुख पनि बाध्य भएका थिए। प्रतिनिधि सभाको बैठकमा मन्त्री कार्कीले नै सम्झौता टेबल गरेका हुन्। बैठकको कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले टेबल गर्ने भनिए पनि उनी 'बिरामी' भएपछि कार्कीले टेबल गरे।

एमसीसी टेबल भएपछि यसबारे विभिन्न सञ्चारमाध्यमदेखि सडकसम्म हुँदै आएको बहस अब सदनमा केन्द्रित हुने भएको छ। त्यसैलाई लक्षित गर्दै मन्त्री कार्कीले आइतबार बिहान बसेको सत्ता गठबन्धनको बैठकपछि पत्रकारहरुसँग भनेका थिए, 'यसमा जेजे प्रश्नहरु छन्, त्यसको बारेमा सार्वभौम संसद्‌मा सार्वभौम जनताबाट निर्वाचित प्रतिनिधिहरुले यसबारेमा सघन छलफल गर्नुहुनेछ। र एउटा निष्कर्षमा पुग्नुहुनेछ।'

एमसीसीका सन्दर्भमा देशको ठूलो जनसंख्याले आफ्नो धारणा पालेर बसेको थियो। तीमध्ये कतिपय स्वार्थप्रेरित र कतिपय भ्रामक सूचनामा आधारित छन् भन्ने प्रष्टै छ। ‘राष्ट्रवाद’को हिस्सा समेत बनेको यो सम्झौताका बारेमा जनताका प्रतिनिधिहरुले आफ्नो जिम्मेवार स्थान सदनमा उभिएर प्रश्न गर्न पाएका थिएनन्, सरकारको जवाफ पनि सुन्न पाएका थिएनन्। अब त्यो अवस्था अन्त्य हुने भएको छ। 'सडकमा पक्ष र विपक्षमा प्रतिक्रिया र विरोध भइरहँदा मुलुकले जवाफ दिन सक्दैनथ्यो। मुलुकले जवाफ दिनका निमित्त यो विषयलाई सदनमा पुर्‍याउनुपर्थ्यो। र आज त्यो संसद्‌मा पुगेको छ', कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू भन्छन्, 'अब यसलाई छलफलबाट एउटा निष्कर्षमा पुर्‍याउनुपर्छ। निष्कर्ष दिनुपर्छ।'

एमालेले सदन सञ्चालनमै आफ्नो विरोध कायमै रहने बताइसकेको छ। सो पार्टीका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई आफूहरुलाई संसदीय कामकारबाहीमा सहभागी गराउने वातावरण सिर्जना नगरिएकाले आफूहरुको अवरोध जारी नै रहने बताउँछन्। यद्यपि, आइतबारको प्रतिनिधि सभाको बैठकमा एमाले सांसद् भीम रावलले एमसीसी सम्झौता टेबल गर्ने विषयमा विरोध गर्दै धारणा राखेका थिए।

तर, एमालेको विरोधले एमसीसी सम्झौतामाथिको छलफललाई तात्विक फरक नपार्ने संकेत गर्छन्, सत्तारुढ दल नेपाली कांग्रेसका सांसद् गगन थापा। 'नाराबाजीको बीचमा पनि छलफल हुन्छ भन्ने कुरा त आज नाराबाजी गर्नेहरुले नै छलफलमा भाग लिएर यसलाई पुष्टि गरिसक्नुभयो। यसैगरी छलफल हुन्छ। अन्य विधेयकमा छलफल भएझैँ छलफल हुन्छ। र यो मतदानमा जान्छ', उनले भने।

प्रतिनिधि सभामा टेबल भइसकेको यो विषयमा अब सांसद्हरुको रचनात्मक छलफल र निष्कर्षको अपेक्षा छ। जनताले जुन ठाउँमा पुर्‍याएका थिए, जुन ठाउँमा उभिएर आफ्नो धारणा राख्ने जिम्मेवारी सुम्पिएका थिए, त्यो जिम्मेवारी पूरा गर्नुपर्ने उनीहरुको दायित्व छ। यसअघि ठाउँ र स्रोता अनुसार आफ्नो धारणा राख्दै आएका सांसद्हरुले अब त्यस्तो ठाउँमा आफ्नो धारणा राख्नुपर्ने छ, जहाँ बोलेका कुराको खास अर्थ छ र इतिहासमा अभिलेख हुनेछ।

अर्कोतिर, हाम्रो संसदीय प्रणाली र यसका मूल्यमान्यतालाई थप संस्थागत गर्न पनि यो विषय सदनमै पुगेर टुंगिन जरुरी थियो। यस्ता विषयमा सदनले नै निर्णय लिन सक्दा र कुशलतापूर्वक टुंग्याउन सक्दा यस्ता संस्था पनि परिपक्व बन्दै जाने हुन्छन्। तर, अहिलेसम्म यस्ता संस्थाको विवेक नै केही सीमित नेताले कब्जा गर्ने र सडकको भीडले नियन्त्रण गर्ने प्रयत्न भइरहेको थियो। सदनमा एमसीसी टेबल भएसँगै बल्ल सांसदले विवेक प्रयोग गर्ने अवस्था आएको छ।

एमसीसीकै कारण हाम्रो कूटनीतिक सम्बन्धमा देखिन थालेको संकट र शक्ति राष्ट्रको खेल मैदान हुनसक्ने खतराको उचित जवाफ दिन पनि संसद्‌ले यस विषयमा निष्कर्ष निकाल्नु उचित हुन्थ्यो। केही नेताहरुको सीमित स्वार्थले यो प्रक्रिया नै बन्धक बनेका कारण त्यो संकट र खतरा सन्निकट हुँदै गएको थियो। अब संसद्ले दिने विवेकपूर्ण निष्कर्ष नै त्यो अप्ठ्यारो अवस्थाको जिम्मेवारपूर्ण जवाफ हुनसक्छ। यद्यपि, यस सन्दर्भमा हाम्रा राजनीतिक खेलाडीले अतिरिक्त मेहनत गर्नुपर्ने देखिन्छ।

संसद्को विवेक प्रयोगको सन्दर्भमा लोकतान्त्रिक समाजवादीका सांसद् लक्ष्मणलाल कर्णको भनाइ सान्दर्भिक छ। उनी भन्छन्, ‘सरकारले टेबल गरिसकेको विषयलाई संसद्को सम्पत्ति भएको कारणले त्यसमाथि छलफल गर्ने, यसलाई पास वा फेल गर्ने सम्पूर्ण अधिकार सार्वभौम संसद्को भएका कारणले आजदेखि यो प्रक्रिया प्रारम्भ भएको छ।‘

शहरी विकास मन्त्री तथा एकीकृत समाजवादीकी सांसद् रामकुमारी झाँक्रीले एमसीसीका बारेमा सदनमा छलफल गर्नका लागि आफूहरुलाई समय उपलब्ध भएको बताइन्। 'यो समयलाई हामी प्रयोग गर्छौं र संकल्प प्रस्ताव लगायतका विषयमा विकल्प खोज्ने काम हुन्छ। त्यो कुराका लागि सरकारले सहजीकरणको काम गर्छ', उनले भनिन्, 'त्यसैले अब एमसीसी संसद्‌को सम्पत्ति भइसक्यो। यी विषयहरु संशोधन गर्ने र नगर्ने भन्ने कुरा अब सांसदहरुकै कोर्टमा बल गयो।'

मन्त्री झाँक्रीले भनेजस्तै सांसदहरुको कोर्टमा भएको बललाई उनीहरुले कुशलतापूर्वक गोल गर्ने आकलन धेरैले गरेका छन्। त्यो भनेको एमसीसी पास गर्ने वा फेल गर्ने उनीहरुमा नै निर्भर रहने विषय हो। त्यसका लागि उनीहरुले पक्ष वा विपक्षमा मत दिन सक्छन्। तर, एमसीसीको पक्ष वा विपक्षमा स्पष्टसँग प्रस्तुत नभएर सदनको बैठक बहिस्कार गर्ने, अनुपस्थिति जनाउने, नाराबाजी गर्ने र होहल्लामा नतिजा निकाल्न भूमिका खेल्ने जस्ता दोहोरो भूमिका अपनाउने र जनतालाई झुक्याउने खालका व्यवहार अराजनीतिक हुनेछ। साथै, बन्द कोठाका बैठकमा एकथरी धारणा र सार्वजनिक सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा अर्कोथरी धारणा राख्ने काम चाहिँ जनता र आफ्नै पार्टीका नेता कार्यकर्तामाथि पनि धोका हुने छ। ‘अब सबैले आ-आफ्नो ‘डबल स्टान्डर्ड’ छाड्नुपर्छ। पक्षमा हो भने पक्षमा, विपक्षमा हो भने विपक्षमा। विपक्षमा मतदान गर्ने हो भने विपक्षमा मतदान गर्ने। आधाले विपक्षमा मतदान गरेजस्तो गर्ने, विपक्षमा लागे जस्तो गर्ने, आधाले पक्षमा लागेजस्तो गर्ने कुरालाई बन्द गर्नुपर्छ’, थापा भन्छन्।

सम्बन्धितः

कति गिजोल्ने हो एमसीसी : संसद्‍‌मै बहस गरेर टुंगोमा पुगे हुँदैन?

एमसीसी: सडकमा छताछुल्ल, सदनमा 'प्रवेश निषेध'

प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  २१:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
जनता सन्तुष्ट छैनन्, स्थिति गम्भीर छ : प्रचण्ड स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०२ औँ जन्म जयन्तीका अवसरमा आज शीतल निवासमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको सरकारले... शुक्रबार, असार २०, २०८२
प्रधानमन्त्रीको स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि मजबुत : परराष्ट्र मन्त्रालय ६ दिने औपचारिक स्पेन भ्रमण गरी शुक्रबार साँझ प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधि मण्डल स्वदेश फर्केपछि परराष्ट्रसचिव अमृत राईले... शुक्रबार, असार २०, २०८२
पार्टीले निर्देशन दिएमा सभापति पद छोड्न तयार छु : रामहरि खतिवडा नेपाली कांग्रेसका केन्द्रीय सदस्य खतिवडाले शुक्रबार पार्टी केन्द्रीय समिति बैठकमा पार्टीले निर्देशन दिएमा आफू समिति सभापति पद छोड्न... शुक्रबार, असार २०, २०८२
ताजा समाचारसबै
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
बिपी राजमार्गको काभ्रे-खण्डमा राति सवारी चलाउन रोक शुक्रबार, असार २०, २०८२
जनता सन्तुष्ट छैनन्, स्थिति गम्भीर छ : प्रचण्ड शुक्रबार, असार २०, २०८२
बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु शुक्रबार, असार २०, २०८२
क्रिकेटका पारखी किरोजको एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
एसिसी पुरुष  यु–  फाइनलमा पुग्न नेपाललाई सामान्य लक्ष्य बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्