• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २०, २०८२ Fri, Jul 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन
मतपत्रमा हरियो रङको चुनाव चिह्न : तुकबिनाको तर्कबाट सिर्जित तरंग
64x64
किशोर दहाल बिहीबार, फागुन २६, २०७८  २०:१९
1140x725

काठमाडौं- स्थानीय तह निर्वाचनका लागि घोषित मिति आइपुग्न अब ६४ दिन बाँकी छ। निर्वाचन आयोगदेखि निर्वाचनमा भाग लिने दलहरु आ-आफ्नो तयारीमा जुटेका छन्। तर, ती विषयले भन्दा मतपत्रमा रहने चुनाव चिह्नको रङको विषयले यतिबेला अतिरिक्त चर्चा पाइरहेको छ।

चर्चाको सुरुवात पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दिएको अभिव्यक्तिबाट भएको हो। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा प्रयोग गरिने मतपत्रमा राखिने चुनाव चिह्नहरु हरियो रङको हुने निर्णय गरेपछि ओलीले त्यसप्रति ठूलै आशंका प्रकट गर्दै अभिव्यक्ति दिएका थिए।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एमालेसम्बद्ध अखिल नेपाल महिला संघ (अनेमसंघ) को कार्यक्रममा सम्बोधन गर्दै ओलीले भनेका थिए- 'चुनाव चिह्नको रङ हरियो कुन हिसाबले राख्ने? धार्मिक हिसाबले राख्ने हो? अथवा, कसैको हरियो देखिने चिह्न छ, त्यसकारण राख्ने? कमजोर आँखा हुनेहरुले रुखैरुख देखुन् भनेर हरियो राख्ने हो?'

आयोगको निर्णय कांग्रेसमैत्री हो भन्नेमा विश्वस्त देखिएका ओलीले बुधबार मोरङको रंगोलीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै यस प्रसंगलाई दोहोर्‍याए। कांग्रेसको पात मात्रै झरेको होइन, रुखै सुकिसकेको भन्दै उनले भने- 'बुढो रुख बचाउनका लागि निर्वाचन आयोगले चुनाव चिह्नहरु सबै हरियो रंगमा लेख्ने भएछ।'

निर्वाचन आयोगले सोमबार विज्ञप्ति निकालेर हरियो रंगको जानकारी दिएको थियो। 'स्थानीय तहको निर्वाचनको लागि आवश्यक मतपत्र छपाइ गर्दा मतपत्रमा छपाइ हुने चिह्न, विवरण तथा सुरक्षण चिह्नहरु हरियो SK-3081 Spectrum Bright Green मसीले छपाइ गर्ने गरी आयोगबाट निर्णय भएको छ', आयोगको विज्ञप्तिमा भनिएको छ।

निर्वाचन चिह्न हरियो बनाउने निर्णय नितान्त प्राविधिक कारणले गरिएको आयोगले जनाएको छ। अघिल्लो निर्वाचनमा चुनाव चिह्न र स्वस्तिक छापको रङ निलैनिलो हुँदा गणनामा समस्या भएको आयोगको अनुभव छ। स्थानीय तहको निर्वाचनमा सात पटक स्वस्तिक छाप हान्नुपर्ने हुन्छ। तर, कतिपय मतदाताले स्टाम्पमा एकपटक स्वस्तिक चोपेर सातवटा छाप हान्ने भएकाले पछिल्ला छापहरु मधुरा हुँदै जाने हुन्छन्, जसले गर्दा गणनामा समस्या हुने गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

'गणना सुरु गरिसकेपछि दिन र रात पूरै गन्नुपर्छ। रातको समयमा बत्तिको लाइट मधुरो हुने र गणना गर्दा स्वस्तिक छाप लागेको हो कि होइन, छुट्याउन पनि गाह्रो पर्ने हुन्छ। कतिपय स्वस्तिक छाप निर्वाचन चिह्नमा पर्‍यो भने, निर्वाचन चिह्नका रङ गाढा तर स्वस्तिक छापको रङ मधुरो हुँदा छाप लागेको पनि हो कि होइन, पहिचान गर्न गाह्रो भएको हुनाले मुख्यतः रङमा भिन्नता गर्ने उद्देश्य राखिएको हो', उनले भने।

तर, एमाले अध्यक्ष ओलीले भने आयोगको निर्णयलाई त्रुटिपूर्ण भएको बताइसकेका छन्। मंगलबारको कार्यक्रममा उनले चुनाव चिह्न हरियो रङकै राख्ने भनेर आयोगले निर्णय गरेको भए त्यसलाई सच्याउनुपर्ने बताएका छन्। उनले चुनाव चिह्न 'हरियो-सरियो हुँदैन' भन्दै अहसमति पनि जनाएका छन्।

आयोगले भने यस सम्बन्धमा कसैलाई द्विविधा भएको भए, आयोगले अन्यथा निर्णय गर्‍यो कि भन्ने भए प्रष्ट पार्न तत्पर रहेको बताएको छ। अर्कोतिर, उसले निर्वाचन चिह्न कुन रङको राख्ने भन्ने जस्ता विषयको क्षेत्राधिकार आयोगको भएको स्मरण पनि गराएको छ।

'निर्वाचनको मतपत्रको डिजाइन, रङहरु तय गर्ने अधिकार आयोगलाई छ। किन यो गरियो भनेर अन्यथा सोच्नुपर्ने कारण छैन। नितान्त भोलि गणनालाई सजिलो होस् भनेर हो', बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले भने।

आयोगले यस विषयमा छलफल गर्न शुक्रबार सर्वदलीय बैठक बोलाएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए।

ओलीले कांग्रेसलाई जोडेर चुनाव चिह्नको रङको विषय उठाएपछि कांग्रेस नेताहरु भने रोमाञ्चित सुनिन थालेका छन्। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बुधबार आयोजित पत्रकार सम्मेलनमा भनेका थिए- 'अहिले एउटा नयाँ सुरु भएको उखान चर्चामा छ। पहिले, साउनमा 'के भएको उसले' वर्षैभरि हरियो देख्छ भन्थे रे! अहिले भने, विभाजित भएको कम्युनिस्ट पार्टी हरियो रङदेखि तर्सिन्छ भन्ने उखान सुरु भएको छ।'

बिहीबार पनि शर्माले रङतर्फ भन्दा पनि आफ्नो ढंग सच्याउनतर्फ लाग्यो भने रङले कसैलाई पोल्दैन भन्ने कुरामा आफूहरु प्रष्ट भएको बताएका छन्। ‘मतपत्रमा हरियो रङ देख्नेबित्तिकै यसरी तर्सिने हो भने मतपरिणाम देखेपछि के होला? त्यसकारण मतपत्र हेरेर नतर्सिऔँ। मत परिणाम हेरेर तर्सिनु पर्ने दिन आउला। त्यो बेला पनि नतर्सिऔँ भनेर म आग्रह गर्न चाहन्छु’, उनको भनाइ छ। 

यो पनि पढ्नुहोस्

ओलीलाई पदीय जिम्मेवारीको मर्यादा राख्न विश्वप्रकाशको सुझावबिहीबार, फागुन २६, २०७८

के निर्वाचन चिह्नको रङ निश्चित किसिमको राख्दैमा त्यसले पार्टी विशेषलाई सहयोग पुग्छ? विभिन्न कारणले त्यो सम्भावना खण्डन हुन्छ। पहिलो त, २०७४ को प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्रमा सेतो मतपत्रभित्र हरियो चिह्न थिए। तर, १६५ सिटका लागि भएको निर्वाचनमा कांग्रेसले जम्मा २३ सिट जितेको थियो। नेकपा एमालेले ८० सिटमा जित हासिल गरेको थियो।

दोस्रो, चुनाव चिह्नको रङ हरियो बनाउँदा पनि कांग्रेसले जित्न नसक्ने भनेर स्वयं ओलीले नै बताएका छन्। बुधबार मोरङमा आयोजित कार्यक्रममा उनले भनेका थिए- 'चुनाव चिह्नहरु हरियो रंगमा राख्दैमा कांग्रेसको रुख फेरि बौरिने हो र?'

ओलीले यो विषयलाई निर्वाचनको निष्पक्षतासँग जोडेर नउठाएको उनकै अभिव्यक्तिले पनि प्रष्ट पार्छ। हरियो रङको विरोध गरेका उनले रातो रङको प्रस्ताव गरेका छन्। रातो रङ एमालेको चुनाव चिह्न सूर्यसँग मिल्दोजुल्दो रङ हो।

'हरियो चिह्न राख्न पाइँदैन। एक पक्षीय रुपमा एउटा पार्टीको रंग झल्किने गरी राख्न पाइँदैन', मोरङमा ओलीको भनाइ थियो, 'होइन भने, रातो चिह्न राखौँ। सबैतिर रातो राखौँ। सूर्य पनि रातो राखौँ। रुख पनि रातो राखौँ। सबै रातो राखौँ। रातो हुँदैन भने हरियो पनि हुँदैन। हरियो चाहिँ देखिन्छ भने, रातो छर्लंग देखिन्छ कि हरियो छर्लंग देखिन्छ?'

राजनीतिक विश्लेषक उद्धव प्याकुरेल ओलीले उठाएको यो विषय बिना तुकको तर्क भएको बताउँछन्। 'हेर्दै जाने हो भने कुनै पनि रङ कुनै न कुनै पार्टीको चिह्नसँग त मिल्छ होला। अनि के गर्ने त? सबैले विरोध गर्ने? कसैले नठाएको यो इस्यू अहिले उठाउन आवश्यक थिएन। यसको कुनै प्रतिकात्मक अर्थ पनि छैन', उनले भने।

अझ बृहत् रुपमा सोच्दा एमाले यतिबेला 'आइडेन्टिटी क्राइसिस' मा रहेको र त्यसको परिणामस्वरुप यस्तो तर्क आएको उनको भनाइ छ। 'एमसीसी र संसदीय लोकतन्त्रको सन्दर्भमा हेर्दा एमाले 'आइडेन्टिटी क्राइसिस'मा रहेको देखिन्छ। संसद्‌वादी होइन भनौँ भने लामो समयदेखि संसद्‌वादको अभ्यास गरेको छ। हो भनौँ भने कहिले पनि नसल्टिने विषयमा संसद् घेराउ गरिराखेको छ। संसद् घेराउ पनि हो कि होइन! किनभने कतिपय प्रस्तावहरु पारित गर्न ठाउँ दिइराखेको छ',  उनले भने ,'त्यहाँ पनि उहाँहरु प्रतिरक्षात्मक हुनुभएको छ। एमसीसीलाई पनि उहाँहरु संसद्‌को दस्तावेज बनाउँछौँ भनेर हिँड्नुभएको थियो। त्यहाँ पनि चुक्नुभयो। अहिले एमाले आइडेन्टिटी क्राइसिसको अवस्थामा छ। त्यो सन्दर्भमा ओलीले यस्ता इस्यू उठाउनुभएको छ। यसको कुनै अर्थ छैन।' 

प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८  २०:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
बिपी राजमार्गको काभ्रे-खण्डमा राति सवारी चलाउन रोक शुक्रबार, असार २०, २०८२
जनता सन्तुष्ट छैनन्, स्थिति गम्भीर छ : प्रचण्ड शुक्रबार, असार २०, २०८२
बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु शुक्रबार, असार २०, २०८२
क्रिकेटका पारखी किरोजको एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
एसिसी पुरुष  यु–  फाइनलमा पुग्न नेपाललाई सामान्य लक्ष्य बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्