काठमाडौं- गायिका रमिला न्यौपानले सर्वोत्कृष्ट लोक दोहोरी गायिकाको अवार्ड हात पारेकी छन्।
नेशनल आर्ट, म्युजिक एन्ड कल्चर अवार्ड कार्यक्रममा न्यौपानेले 'पिर नभको को छ र' बोलको गीत बाट सर्वोत्कृष्ट लोक दोहोरी गायिका २०७८ को अवार्ड पाउन सफल भएकी हुन्। गायक पशुपति शर्मासँग मिलेर न्यौपानेले उक्त गीत गाएकी हुन्। गीतमा शब्द र संगीत शर्माको रहेको छ।
न्यौपानेको पिर नभको को छ र, बाडुल्की, झमझम दर्कियो पानी, सिस्नुपानी, तल परिन्न, पशुपतिमा लगायत गीत चर्चामा थिए।
दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ मा गीतसंगीत, चलचित्र तथा सौन्दर्यका विविध ६५ विधामा अवार्ड प्रदान गरिएको थियो। कार्यक्रममा वरिष्ठ गीतकार तथा निर्देशक दयाराम दाहाललाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो भने वरिष्ठ गायक आनन्द कार्कीलाई स्वरभूषण सम्मान प्रदान गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।