काठमाडौं– ९४औं एकेडेमी अवार्ड (अस्कर)मा डेनिस भेनेल्युवको निर्देशनमा बनेको फिल्म ‘ड्युन’ले थुप्रै अवार्ड हात पारेको छ। फिल्मले उत्कृष्ट सम्पादन, उत्कृष्ट पार्श्व संगीत, उत्कृष्ट प्रोडक्सन डिजाइनलगायत विभिन्न शीर्षकमा उपाधि हात पारेको छ।
उत्कृष्ट फिल्म सम्पादन विधामा ‘ड्युन’सँगै ‘डन्ट लुक अप’, ‘किङ रिचर्ड’, ‘द पावर अफ द डग’ र ‘टिक टिक बुम’ छानिएका थिए। यीमध्ये ‘ड्युन’ले उत्कृष्ट सम्पादनको उपाधि जितेको छ। ‘ड्युन’लाई फिल्म सम्पादन जोइ वाल्करले सम्पादन गरेका हुन्।
त्यस्तै, ‘ड्युन’ले उत्कृष्ट प्रोडक्सन डिजाइनको पनि उपाधि हात पारेको छ। ‘नाइटमेयर एल्ली’, ‘द पावर अफ द डग’, ‘द ट्राजिडी अफ म्याकबेथ’, र ‘वेस्ट साइड स्टोरी’सँगै उक्त विधामा छानिएको ‘ड्युन’ले उपाधि हात पारेको हो।
त्यस्तै, फिल्मले उत्कृष्ट भिजुअल इफेक्ट्सको पनि उपाधि हात पारेको छ। ‘फ्रि गाइ’, ‘नो टायम टु डाइ’, ‘साङ ची’, र ‘स्पाइडन मेनः नो वे होम’लाई पछि पार्दै ‘ड्युन’ले उत्कृष्ट भिजुअल इफेक्ट्सको अवार्ड हात पारेको हो।
‘डयुन’ले उत्कृष्ट सिनेमेटोग्राफी पनि अवार्ड पनि आफ्नो हात पारेको छ। त्यस्तै, फिल्ममा हान्स जिम्मरले गरेको पार्श्व ध्वनि ९४ एकेडेमी अवार्डका लागि छानिएका फिल्महरुमध्येमा उत्कृष्ट घोषित भएको छ। ‘ड्युनसँगै ’‘डन्ट लुक अप’का लागि निकोलास ब्रिटेल, ‘इन्चेन्टो’का लागि ग्रेमेइन फ्रान्को, ‘प्यारालाल मोदर्स’का लागि अल्बर्टो इग्लेसियस र ‘द पावर अफ डग’का लागि जोन्नी ग्रिन उडले गरेको पार्श्व संगीत छानिएको विधामा ‘ड्युन’ उत्कृष्ट पार्श्व संगीत भएको फिल्म घोषित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।