• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ९, २०८२ Fri, May 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
कांग्रेस केन्द्रीय समिति बैठक निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने विषयमा संस्थापन र इतर पक्षबीच मतभेद
64x64
बीपी अनमोल सोमबार, चैत १४, २०७८  २०:३०
1140x725

काठमाडौं– सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक तीन दिनदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ। मुख्यतयाः बैशाख ३० गते तय भएको स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकमा निर्वाचनको तयारीलगायत गठबन्धन गरेर जाने या के गर्ने भन्ने विषयमा नै छलफल केन्द्रित छ।

सोमबार नै केन्द्रीय कार्यसमितिको बैठक सक्ने तयारी भएपनि नेताहरूले बोल्ने क्रम लामो भएपछि मंगलबार पनि बस्ने भएको छ। बैठकमा आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्ने वा कांग्रेस एक्लाएक्लै निर्वाचनमा जाने भन्ने विषयमा नै छलफल जारी छ। तर, बैठकमा संस्थापन पक्ष र इतर पक्षबीच गठबन्धन गरेर जाने कि के गर्ने भन्ने विषयमा नै मतभेद देखिएको छ।

पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जानुपर्ने विषयमा नै प्रष्ट देखिएका छन्। उनीनिकटका अन्य नेताहरू पनि यसमा प्रष्ट देखिएका छन्। तर, पार्टीभित्रको संस्थापन इतर समूह भने गठबन्धनको विपक्षमा देखिएको छ। 

देउवा र शेखरबीच सवाल जवाफ
सोमबारको बैठकमा आगामी स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका दलहरुसँग गठबन्धन गर्ने विषयमा कांग्रेस सभापति देउवा र अर्को समूहका नेता डा शेखर कोइरालाबीच सवाल–जवाफ नै भएको छ। 

जारी केन्द्रीय कार्य समितिको बैठकमा सोमबार डा शेखर कोइरालाले सभापति देउवाको नेकपा (माओवादी केन्द्र) मोहले गठबन्धन ‘लाद्न’ खोजिएको आरोप लगाएका छन्। उनको आरोपपछि सभापति देउवाले त्यसको जवाफ फर्काएका थिए।

‘गठबन्धनमाथिबाट गर्ने, तर तलका आफ्नै कार्यकतालाई एकता गर्न सकिएन भने के अवस्था हुन्छ? हामीले त्यतातिर ध्यान दिनु जरूरी छ। केन्द्रबाट गठबन्धन लाद्ने कुरा नगरौं,’ बैठकमा कोइरालाले भने। 

उनले गठबन्धनभन्दा पार्टी एकतामा ध्यान दिन सुझाएका थिए। पार्टी एक भए जित सुनिश्चित रहेको उनको भनाइ थियो। सभापति देउवाले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) बलियो रहेको बोल्दै हिँडेको भन्दै त्यसले कार्यकर्ताको मनोबल कमजोर बनाएको बताएका थिए। 

त्यसपछि बोलेका संस्थापन पक्षका नेता तथा गृहमन्त्री बालकृष्ण खाणले चुनावी गठबन्धन गर्ने सहमति गठबन्धन सरकार बनाउने बेला नै भएको जानकारी गराए। कांग्रेसका एक नेताका अनुसार खाणले बैठकमा भने,‘सरकार बनाउने बेला नै तीनै तहका निर्वाचनमा गठबन्धन गरेर जाने सहमति थियो। अहिले तोड्न हुँदैन।’ 

Ncell 2
Ncell 2

सन्तुलित बन्न खोजेका उनले गठबन्धनका नाममा आफ्नो संगठन अलग–अलग पार्न नहुने पनि बताए। कोइरालाले ‘माओवादी मोह’ भनेपछि देउवा आक्रोशित हुँदै आफ्नो ‘आइडोजोली’मा शंका नगर्न आग्रह गरे। ‘धेरै लडेको मान्छे हुँ, म अब पार्टी सभापति हुने होइन, अहिलेको अवस्था नि हेर्नु पर्‍यो नि’, उनको भनाइ थियो। 

उनले माओवादीलाई आफूले नभइ स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाले ल्याएको बताए। शान्ति सम्झौतामा ल्याएर गिरिजाले एउटा पार्टीको हैसियत दिएको उल्लेख गर्दै देउवाले थपे, ‘माओवादीलाई मैले ल्याएको हो? हिजो गरिजाबाबुलाई प्रश्न गर्न सक्नु भयो?’ 

उनले गठबन्धन नहुँदा आफूले नै बालबाल जितेको उल्लेख गर्दै हारेका (डा कोइराला)हरूलाई जिताउन गठबन्धन गर्नुपर्ने बताए। उनले पहिला गठबन्धन नगर्दा कांग्रेसका धेरै उम्मेदवारहरु हारेको स्मरणसमेत गराएका थिए। 

महामन्त्रीद्वयको फरक धारणा
केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको पनि गठबन्धनको विषयलाई लिएर फरक धारणा आएको छ।

महामन्त्री थापाले चुनावमा गठबन्धनलाई सैद्धान्तिक रुपमा पुष्टि गर्न नसकिने बताए। उनले आफू गठबन्धनको विपक्षमा रहेको पनि स्पष्ट पारे। ‘रुखमा मतदान गर्ने अहिले हँसिया–हथौडा र कलममा मतदान गर्न कांग्रेसले भन्न सक्दैन,’उनले भने,‘रुखबाहेक कतै भोट नहालेका लाखौं मतदातालाई अहिले अन्यत्र भोट हाल्न लगाउने हो भने भविष्यमा रुखमै भोट हाल्ने ग्यारेन्टी के?’

जुनसुकै प्रस्तुतिमा पनि रुख नै रोज्ने मतदातालाई गठबन्धनका नाममा अन्यत्र भोट हाल्न बाध्य पार्दा आगामी दिनमा कांग्रेसले ठूलो क्षति बेहोर्नेतर्फ उनले सचेत गराए। नेताहरुलाई चिन्ह्न एउटा जित–हारको प्रतीक भएपनि मतदाताको रुखसँग भावनात्मक सम्बन्ध रहेको बताउँदै त्यसलाई ख्याल गर्न आग्रह गरे। रुखबाहेकमा भोट हाल्न लगाउने कुराले कांग्रेसलाई कमजोर बनाउँदै लैजाने उनको भनाइ छ। 

थापाले नेपालमा कम्युनिस्टबाट लोकतन्त्रलाई खतरा रहेको आफूहरुले बारम्बार बोलिरहेको उल्लेख गर्दै भने,‘यो पटक कम्युनिस्टहरुबीच तालमेल हुन नदिएर लोकतन्त्र बचायौं भन्ने हो त?’

अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने आगामी निर्वाचनमा आवश्यकता अनुसार चुनावी गठबन्धन गरेर जानुपर्ने धारणा राखे। ‘कुनै ठाउँमा नेपाली कांग्रेस त कुनै ठाउँमा माओवादी केन्द्र अघि रहेको छ। आवश्यकता हेरेर गठबन्धन गर्नुपर्ने हुन्छ,’उनले भने,‘मतभार हेरेर त्यहाँको अवस्था अनुसार तालमेल गर्नुपर्छ।’

अन्य नेताहरूको पनि फरक-फरक धारणा
केन्द्रीय समितिमा स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने नजाने विषयमा अन्य नेताहरूले पनि फरक-फरक धारणा व्यक्त गरेका छन्। कांग्रेसका नेता रामचन्द्र पौडेलले निर्वाचनमार्फत नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई बलियो बन्न दिन नहुने मत राखे।

‘नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई मत दिएर भएपनि एमालेलाई ‘साइज’मा राख्नुपर्छ,’पौडेलले बैठकमा भने। अहिलेको लडाइँ एमालेविरुद्ध भएको भन्दै उनले ‘गठबन्धन’ जरुरी रहेको प्रष्ट पारे।

यता,उपसभापति धनराज गुरूङले एकमतका साथ अघि बढ्नुपर्ने धारणा राखे। ‘उत्तरतिर कम्युनिस्ट किन गइरहेका छन् त्यो पनि बुझ्नुस्। कार्यकर्ताको मनोबल गिरेको छ। मामाघर गएका कम्युनिस्ट भान्जाभान्जीलाई मिले भने के हुन्छ,’उनले भने। 

अर्का उपसभापति पूर्णबहादुर खड्काले एकमनाले अघि बढे त्यसले पार्टी एक भएको सन्देश जाने भन्दै सबै एकजुट भएर जानु पार्टी हितमा हुने धारणा व्यक्त गरे। नेता रमेश लेखकले वर्तमान सत्ता गठबन्धन नभत्किने गरी चुनावी तालमेल गर्नुपर्ने बताए। 

‘हामी गठबन्धन सरकारको नेतृत्व गरिरहेका छौं। सरकारमा प्रभाव पर्ने गरि पार्टीले निर्णय लिनुहुँदैन भन्ने मेरो मत छ’, उनले भने, ‘कांग्रेस चुनावी गठबन्धनको पक्षमा उभिनुपर्छ।’ तर, गठबन्धन गर्दा स्थानीय नेता कार्यकर्ताको मनोविज्ञानलाई पनि ख्याल गर्नुपर्ने लेखकले बताए। 

सोमबारको बैठकमा सहमहामन्त्रीहरू फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, भीष्मराज आङ्दम्वे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा शशांक कोइराला, चित्रलेखा यादव, डा रामशरण महत, अर्जुननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत,  बलबहादुर केसी. ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, पद्मनारायण चौधरी, दिलेन्द्रप्रसाद बडू, अम्बिका बस्नेत, सुरेन्द्रराज पाण्डे, सुजाता परियार, रामजनम चौधरी, यज्ञराज जोशी, प्रदीपकुमार सुनुवार, मानबहादुर नेपाली, महेन्द्रकुमारी लिम्बू, सरस्वती बजिमय, मञ्जु खाँण, सुशीला थिङ र गणेश लामालगायतले आ–आफ्नो धारणा राखेका छन्।

केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ। ‘भोलि ३ बजे केन्द्रीय समिति बैठक पुनः बस्ने र उक्त बैठकले आएका सुझावहरुको आधारमा गठबन्धनबारे प्रस्ताव पारित गर्ने नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

‘केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश साथीहरुबाट आवश्यक स्थानमा तालमेल गरेर जाँदा पार्टी मजबुत हुने सुझाव आएको छ’ उनले भने ‘कतिपय साथीहरुको मत गठबन्धन नगरिकन एक्लै निर्वाचनमा गएर पार्टीको मत परीक्षण गर्नुपर्छ भन्ने पनि छ।  तर अधिकांशहरुको मत गठबन्धन गरेर कहाँ गर्ने र कहाँ नगर्ने निक्र्यौल गर्नुपर्ने सुझाव आएको छ।’  

त्यस्तै, गठबन्धन गर्दा पार्टीको उक्त स्थानको अवस्थासमेत हेर्नुपर्ने सुझाव आएको उनले बताए। बैठकमा आएको सुझाव अनुसार निर्णय लिनका लागि भोलिको बैठकले एउटा प्रस्ताव तयार गर्ने अनि त्यसलाई नै केन्द्रीय समिति बैठकबाट पारित गर्ने उनले बताए। 

प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  २०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
गोर्खा मिडियाको प्रवन्ध निर्देशक हुनुअघि नै रवि आर्थिक कारोबारमा संलग्न थिए : सर्वोच्च अदालत लामिछानेले दिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै अदालतले गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक हुनुअघिबाटै उनी कम्पनीक... शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर न्यायाधीद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार जारी गरेको आदेशमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्... शुक्रबार, जेठ ९, २०८२
भाग्न हेलिकोप्टरको सुविधा दिन्छु भन्नेको कुचेष्टालाई धुलोपिठो बनाइन्छ : प्रधानमन्त्री ओली राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै... शुक्रबार, जेठ ९, २०८२
ताजा समाचारसबै
गोर्खा मिडियाको प्रवन्ध निर्देशक हुनुअघि नै रवि आर्थिक कारोबारमा संलग्न थिए : सर्वोच्च अदालत शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
एक वर्षे कर्जाको ब्याजदर एकल उच्च वा न्यून दोहोरो अंक कायम हुने शुक्रबार, जेठ ९, २०८२
जग्गा मुद्दामा घुस लिने खरिदारसहित तीन जना पक्राउ शुक्रबार, जेठ ९, २०८२
प्रमुख १० अपराधमा बैंकिङ कसुर पहिलो स्थानमा शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश शुक्रबार, जेठ ९, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्