काठमाडौं– गीतकार तथा लेखक कृष्ण बोहोरा यात्रीको लेखनमा रहेको गीत ‘आमा’ सार्वजनिक भएको छ। बिहीबार यात्रीको शब्दमा रहेको तथा शान्तिश्री परियारको गायन रहेको गीत सार्वजनिक भएको हो।
गीतमा संगीत चक्रबमले दिएका छन् भने एरेन्ज बिनोद बाजुराले गरेका छन्।
गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन्।
हिउवाला गौतम, अञ्जली अधिकारी, गणेश खत्री र श्याम बोहोराको अभिनय रहेको छ। भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् भने खवराज उप्रेतीले खिचेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।