• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ९, २०८२ Fri, May 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन
गठबन्धनविरुद्ध ओली आत्मविश्वासका ४ आधार 
64x64
बीपी अनमोल बिहीबार, चैत २४, २०७८  १६:५२
1140x725

काठमाडौं– ‘नेकपा एस भन्ने पार्टी बाँकेबाट साफ भएको छ। अब यसका कार्यकर्ता खोजेर पनि पाइँदैनन्। बाँकेमा मात्रै होइन, एमाले प्रवेशका लागि देशभरि जनलहर चलेको छ,’ नेपालगञ्जमा बिहीबार भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने। नेकपा एसका बाँके जिल्ला उपसचिव किशोर थापासहित ठूलो संख्यामा नेता तथा कार्यकर्ता एमालेमा फर्किएको भन्दै उनी हौसिएका थिए।

केपी ओलीले पछिल्लो समय आगामी स्थानीय तह निर्वाचन लक्षित देश दौडाहा बढाएका छन्। यस्ता कार्यक्रममा उनले गठबन्धन दलहरुप्रति आक्रामक अभिव्यक्ति दिने गरेका छन्। गएको चैत १६ गते झापामा आयोजित एक कार्यक्रममाअध्यक्ष ओलीले भने, 'यदि एउटा तराजुमा एकएक किलोका पाँचवटा ढक एकातिर राख्नुभयो, अनि क्विन्टलको ढक अर्कातिर राख्नुभयो भने के हुन्छ? नेकपा एमाले क्विन्टलको ढकजस्तो हो, गठबन्धन भनेका एकएक किलोका ढक जस्तो हो।' 

ओलीले गठबन्धनलाई 'एकएक किलोका पाँचवटा ढक'को संज्ञा दिएको अघिल्लो दिन मात्रै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले स्थानीय तहको निर्वाचनमा गठबन्धनका दलहरुबीच तालमेल गर्ने निर्णय गरेको थियो। त्यसपछि बसेको गठबन्धनको बैठकले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरिसकेको छ। 

गठबन्धनले 'ओलीविरुद्ध एक हुने' बताइरहँदा पनि ओलीको 'आत्मविश्वास' घटेको देखिँदैन। 'गठबन्धनले बिगार्ने भो' भन्दै आफूकहाँ पुग्ने नेताहरुलाई उल्टै हप्काउँदै ओलीले भन्न थालेका छन्, 'जनताले सूर्यबाहेक अन्त भोट किन हाल्छन्?' 

२०७४ सालको निर्वाचनमा  ४५ प्रतिशत पहिलो दल बनेको एमालेले यसपल्ट ६० देखि ७० प्रतिशत जित्ने ओलीको आकलन छ। विभिन्न कार्यक्रममा उनले यो अभिव्यक्ति दोहोर्‍याइरहेका छन्। 

तीन महिनादेखि देश दौडाहमा रहेका ओली पार्टी विभाजनबाट एमालेलाई असर परेको स्वीकार गरिरहेका छैनन्। बरु त्यसबाट लाभ भएको बताउँदै वैशाख ३० गतेका लागि तय भएको निर्वाचनमा गठबन्धनसँग 'सिंगौरी' खेल्न सिङ तिखारिरहेका छन्। 

एमाले विभाजन भएको परिस्थितिमा पनि ओलीले पार्टी थप बलियो बनेको भन्दै कार्यकर्तामा उर्जा थप्ने काम गरिरहेका  छन्। दैनिकजसो देशका विभिन्न जिल्लाहरूमा पुगेर पार्टी प्रवेश कार्यक्रममा सहभागी भइरहेका ओलीले एमाले एक्लै चुनावी मैदानमा उत्रिने र जित हात पार्ने दाबी गरिरहेका छन्।

प्रदेश अध्यक्षहरुको रिपोर्टिङ
चैत ९ र १० गते बसेको पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटीको बैठकमा सातवटै प्रदेशका अध्यक्षहरुले पार्टीको वर्तमान अवस्थाका बारेमा ब्रिफिङ गरेका थिए। मधेस प्रदेशको यकिन रिपोर्टिङ हुन नसके पनि अन्य प्रदेशको रिपोर्टिङका क्रममा प्रदेश अध्यक्षहरुले प्रस्तुत गरेको प्रतिवेदनले पनि ओलीलाई उत्साहित बनाएको देखिन्छ। बागमती प्रदेशले स्थानीय तहको निर्वाचनमा ८० पालिकामा जित्ने दाबी गरेको छ। बागमती प्रदेशमा ३ वटा महानगरपालिका, १ वटा उपमहानगरपालिका, ४१ वटा नगरपालिका तथा ७४ वटा गाउँपालिका गरी ११९ स्थानीय तह छन्। 

Ncell 2
Ncell 2

त्यस्तै, एमालेको दशौं राष्ट्रिय महाधिवेशनको समयमा करिब साढे ८ लाख पुगेको पार्टी सदस्यता संख्या अहिले ११ लाख पुगेको भनिएको छ। यसको आकलन स्वयम् ओलीले नै गरेका छन्।

उता सुदूरपश्चिम प्रदेशको पनि मुख्य प्रतिस्पर्धा कांग्रेससँग नै हुने भनिएको छ। ०७४ सालको भन्दा पार्टीको अवस्था राम्रो भएको नेताहरुको दाबी छ। गठबन्धन नभएमा ३८ पालिकाको नेतृत्व जित्ने एमाले सुदूरपश्चिम प्रदेशको दाबी छ। ३० मा प्रतिस्पर्धा हुने भनिएको छ। गठबन्धन भएमा एमालेले २३ पालिकाको नेतृत्व जित्ने, ४६ पालिकामा प्रतिस्पर्धी बन्ने आकलन गरिएको छ। १९ वटा पालिकामा भने अवस्था कमजोर रहेको आकलन गरिएको थियो। सुदूरपश्चिम प्रदेशमा १ उप–महानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका गरी जम्मा ८८ स्थानीय तह रहेका छन्।

त्यस्तै, कर्णालीमा गठबन्धन भए १५ पालिका र नभए २९ वटामा जित्ने आकलन छ। २०७४ को निर्वाचनमा २६ वटा पालिका जितेको एमालेले अहिलको चुनावमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन भए क्षति पुग्ने देखिएको छ। लुम्बिनी प्रदेशका ९ जिल्लामा एमाले बलियो र २ जिल्लामा माओवादी केन्द्र बलियो रहेको बताइन्छ। लुम्बिनी प्रदेशमा १०९ स्थानीय तहमध्ये ६५ मा एमालेले जित्ने आकलन छ। तर, गठबन्धन भएको स्थितिमा ४१ वटामा मात्रै जित्ने एमालेले अनुमान गरेको छ। १२ जिल्ला रहेको लुम्बिनी प्रदेशमा कुल १०९ स्थानीय तह छन्। जसमा ४ उप–महानगर, ३२ नगरपालिका र ७३ गाउँपालिका छन्। गण्डकी र प्रदेश १ मा पनि एमालेको अवस्था मजबुत नै रहेको नेताहरू बताउँछन्।

पार्टी प्रवेशको प्रभाव
नेकपा एमाले प्रतिपक्षमा छ। तर, पार्टी प्रवेश गराउनेमा भने अगाडि देखिन्छ। विशेषगरी तराई-मधेशबाट एमालेमा आउनेहरुको संख्या बढेको छ। प्रतिनिधि सभा सदस्य वृजेशकुमार गुप्तादेखि वीरगञ्जका मेयर विजय सरावगीले एमाले रोजेका छन्। यसैगरी धेरै नगर र गाउँपालिका प्रमुखहरु माओवादी केन्द्र र जनता समाजवादी पार्टी छाडेर एमाले प्रवेश गरेका छन्। एकीकृत समाजवादी नै रोजेका जनप्रतिनिधि समेत फर्किने क्रम जारी छ। 

पछिल्ला दुई महिनामा हरेक दिनजसो पार्टी प्रवेश कार्यक्रममा सरिक भइरहेका ‌ओलीमा त्यसको प्रभाव देखिन्छ। एमालेमा जनलहर आइरहेको बताउन थालेका छन् उनले। गतसाता भएको केन्द्रीय कमिटी बैठकमै ओलीले भनेका थिए, 'पार्टी प्रवेशको लहर छ। महाधिवेशनमा संगठित सदस्यता ८ लाख ५५ हजार थियो भने अहिले ११ लाख पुगेको आकलन छ।'

बिहीबार  एमाले अध्यक्ष ओली कर्णाली प्रदेशका दैलेख, कालिकोट र जुम्ला पुगेर पार्टी प्रवेश कार्यक्रममा सहभागी भए। ओली  कार्यक्रममा सहभागीको संख्यालाई लिएर उत्साहित छन्। एमाले नेताहरूले त्यहाँ सर्वसाधारणको उल्लेख्य सहभागितालाई निकै प्राथमिकताका साथ प्रचार गरिरेहका छन्। 

मधेस विरोधीको आरोप खेपिरहेका ओली पछिल्ला दिनहरुमा त्यहीँ केन्द्रीत भए। त्यसको परिणाम निकाले। माओवादी केन्द्रबाट एमालेमा आइपुगेका नेता प्रभु शाहको प्रभावका कारण पनि ओलीको तराई-मधेश अभियान सफल भइरहेको छ। गएको स्थानीय तहको निर्वाचनमा पाँचौं दल बनेको एमाले यसपल्ट त्यहाँ प्रभावशाली हुँदै गएको उनको बुझाइ छ।

एमाले फुटाएर एकीकृत समाजवादी बनाएका माधव नेपालले गरेको हानी त्यताबाट पुर्ति भइसकेको ओलीले आफू निकटस्थसँग बताउन थालेका छन्। ओलीनिकट एक नेताले भने, 'पहाडमा माधव नेपालले लिएजति हामीले माओवादी केन्द्रबाट रामबहादुर थापा बादलको समूह ल्याएर पूरा गरिसकेका थियौं। तराईमा जसपा र माओवादी केन्द्रकै नेताकार्यकर्ताहरु आउँदा नाफामा गएका छौं।'

अध्यक्ष ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा नै तराई मधेसमा एमालेप्रतिको आकर्षणले राजनीतिक शक्ति सन्तुलनलाई बदल्ने दाबी गरेका छन्।  ‘विगत निर्वाचन र सोभन्दा अगाडिदेखि नै नेकपा (एमाले) का विरूद्ध भ्रम प्रचार गरिएको, घृणा फैलाइएको, प्रवेश निषेध गरिएको र यसै कारणले गर्दा निर्वाचनमा अपेक्षित परिणाम हासिल हुन नसकेको मधेस प्रदेशलगायत तराई–मधेसमा नेकपा (एमाले) प्रतिको आकर्षणले आगामी राजनीतिक शक्ति सन्तुलनलाई नै बदल्ने स्पष्ट छ’, ओलीको प्रतिवेदनमा भनिएको छ।

एमाले उपाध्यक्ष युवराज ज्ञवाली पनि पार्टी प्रवेशको लहरले एमालेको शक्ति सन्तुलनमा कुनै कमी नआएको दाबी गर्छन्। ‘एमाले विभाजन पनि भएको छैन। र, प्रवेशको लहरले पनि शक्ति थप मजबुत भएको  अवस्था हो,’ उनले भने, ‘हामी आफ्नै बलबुता र जनाधारका आधारमा एक्लै लड्न सक्षम छौं।’ 

पार्टीबाट अलगिएर माधव नेपालको नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादी पार्टीबाट पनि नेता कार्यकर्ताहरु एमालेमै फर्किने क्रम चलिरहेको छ। चुनावसम्म धेरै नेता कार्यकर्ता फर्किनेमा एमाले नेताहरू विश्वस्त देखिएका छन्।


पार्टीका तीनवटै सरकार सफल भएको मूल्याकंन 
नेकपा एमालेले आगामी निर्वाचनमा मुख्य रुपमा पार्टी नेतृत्वका तीनवटै तहका सरकारले गरेका 'महत्वपूर्ण काम'लाई पनि जनता समक्ष लगेर जाने निर्णय गरेको छ।

एमाले अध्यक्ष ओली तिनै तहका एमाले नेतृत्वका सरकारले वर्तमान सरकारभन्दा धेरै उपलब्धि हासिल गरेको बताइरहेका छन्। त्यसैले पार्टीको केन्द्रीय कमिटी बैठकमा नै अध्यक्ष ओलीले जनस्तरमा एमाले नेतृत्वका सरकारले गरेका राम्रा काम लगेर जान निर्देशन दिएका थिए।

उनले पार्टीको राजनीतिक प्रतिवेदनमा पनि चुनाव जित्ने आधारहरु प्रस्तुत गरेका थिए। ओलीले प्रतिवेदनमा उल्लेख गरेअनुसार राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान र राष्ट्रिय हितको पक्षमा खेलेको प्रभावकारी भूमिका, राष्ट्रको पहिचान, भूमिका र प्रतिष्ठा अभिवृद्धिका लागि गरेको असाधारण योगदान, केन्द्र, प्रदेश र स्थानीय सरकारको नेतृत्व गर्दा विकास र समृद्धिका क्षेत्रमा खेलेको महत्वपूर्ण भूमिका, प्राप्त गरेका उपलब्धि र तिनले समाजमा ल्याएको परिवर्तनलाई एमालेले जितका लागि बलियो आधार मानेको छ।

उपाध्यक्ष ज्ञवाली पनि एमाले नेतृत्वका स्थानीय सरकारले गरेका कामले पनि आगामी निर्वाचनमा एमालेलाई विजयी हुनबाट कसैले रोक्न नसक्ने बताउँछन्।  पार्टी अध्यक्ष पछिल्लो समय अन्य पार्टी छोडेर एमाले प्रवेश गर्ने लहरबाट उत्साहित देखिए पनि गठबन्धन हुँदा स्थानीय तहमा चुनावमा प्रतिस्पर्धा गर्न कठिन हुने जिल्लाका नेताहरू बताउँछन्।

‘हामी एक्लै लड्दा त कमजोर हुने अवस्था होइन। तर, अहिले गठबन्धन दल एमालेलाई पराजित गर्ने रणनीतिमा लागेका छन्,’ एमालेका एक जिल्ला अध्यक्ष भन्छन्, ‘गठबन्धन बन्यो भने त चुनावमा जित हात पार्न चुनौती नै छ। केन्द्रले कसैसँग तालमेल नगर्ने भने पनि स्थानीय स्तरमा आवश्यकताअनुसार नगरे अवस्था सहज हुँदैन।’

एमाले उपाध्यक्ष ज्ञवाली पनि केन्द्रबाट नै तालमेल गरेर जाने निर्णय नहुने भन्दै स्थानीय स्तरमा आवश्यकता हेरेर त्यहाँका कमिटीले अनुमति लिएर तालमेल गर्ने विषयमा भने ढोका बन्द नभएको बताउँछन्।

केन्द्रबाट ओलीले हेर्दा बलशाली देखिएपनि गठबन्धन कसिलो हुने अवस्थामा समस्या पर्न सक्ने तल्लो तहका नेताहरुको मूल्याङ्कन छ। वडामा दुई/चारवटा भोट तलमाथि हुँदा फरक पर्ने तथा पालिकामा ५० मतले ठूलो समस्या सिर्जना गर्ने एमाले नेताहरुको मूल्यांकन छ।

प्रतिष्पर्धा गर्नसक्ने क्षमता रहेपनि ओलीले भनेजस्तै गठबन्धनविरुद्ध जित निकाल्न सहज नहुने एक जिल्ला अध्यक्ष बताउँछन्। ‘अरु दल गठबन्धन गरेर आएमा एमालेलाई चुनौती थपिन्छ नै। तर, अध्यक्ष एक्लै लड्ने भन्नुहुन्छ। उहाँलाई धेरै विश्वास छ सूर्यमा नै जनताले भोट हाल्छन् भन्ने,’ एमालेका एक पोलिटब्यूरो सदस्य भन्छन्, ‘केन्द्रबाट गठबन्धन नै नगर्ने भने पनि स्थानीय स्तरमा त्यो सम्भव देखिँदैन।’

उनका अनुसार स्थानीय स्तरमा एमालेले रणनीतिक योजना बनाएर चुनावमा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ। यसरी प्रस्तुत हुँदा आफ्ना अध्यक्ष ओलीले दिने जवाफ उद्घृत गर्दै भन्छन्, 'तिमीहरु डराउँछौ। जनताको भावना बुझेको खोइ? जनताले एमाले नै रोज्न खोजेका छन्।’

देउवाको भनाइ पुँजीकृत
कांग्रेस सभापति शेरबहादुर देउवाले आफूकहाँ टिकट माग्न आउने कार्यकर्तालाई निरन्तर भनिरहेका थिए- एमाले अझै बलियो छ। उनले केही दिनअघि एक सार्वजनिक कार्यक्रममै भने, 'अझै ओलीजीको पार्टी कमजोर छ भन्ने झुटा कुरा हो। अझै ओलीजीको पार्टी धेरै बलियो छ। केही पनि होइन, ओली र माओवादी एमाले फुटिहाले हामी जित्छौं भनेर आश गरेर नबसे हुन्छ।'

देउवाको यो अभिव्यक्तिलाई ओलीले पुँजीकृत गरेका छन्। उनले त्यसपछि यही अभिव्यक्तिलाई लिएर एमालेसँग एक्लै भिड्छु भन्ने आँट अब कांग्रेसमा पनि नरहेको बताए। देउवाको यो अभिव्यक्तिपछि चैत १२ गते एक कार्यक्रममा भने, 'राम्रो कुरा हो एक्लै एमालेसँग भिड्छु भन्ने आँट कसैले गर्न सकेका छैनन्। अरूको त के ल्याकत भयो र, कांग्रेसले पनि नसक्ने भनेर हात उठायो। प्रदेश सभापतिहरूले गठबन्धन नगरौँ एक्लै जाऊँ भन्दा देउवाजीले नचाहिने कुरा गर्ने ? एमालेसँग एक्लै लड्यो भने के हुन्छ थाहा छ? त्यसैले तालमेल गर्नुपर्छ भन्नुभएछ। उहाँले टुप्पाबाट बसेर हेर्दा एमालेका पाखुरा देख्नुभयो र छक्क परेर तालमेल गर्नुपर्नेमा पुग्नुभयो।'

गठबन्धन गरेरै चुनावमा जाने आफ्नो नीतिलाई जोड दिन दिएको देउवाको उक्त अभिव्यक्तिको कांग्रेस भित्रैबाट आलोचना भएको छ। केही दिनअघि सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कार्यकर्ताको मनोबल घट्ने भन्दै त्यस्ता अभिव्यक्ति बन्द गर्नुपर्ने धारणा राखेका थिए।

प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  १६:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
गोर्खा मिडियाको प्रवन्ध निर्देशक हुनुअघि नै रवि आर्थिक कारोबारमा संलग्न थिए : सर्वोच्च अदालत शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
एक वर्षे कर्जाको ब्याजदर एकल उच्च वा न्यून दोहोरो अंक कायम हुने शुक्रबार, जेठ ९, २०८२
जग्गा मुद्दामा घुस लिने खरिदारसहित तीन जना पक्राउ शुक्रबार, जेठ ९, २०८२
प्रमुख १० अपराधमा बैंकिङ कसुर पहिलो स्थानमा शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश शुक्रबार, जेठ ९, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्