काठमाडौं– यो वर्ष फोर्ब्सको सबैभन्दा धनि गायिकाको सूचीमा रिहानाको नाम समावेश भएको छ। रिहानाको नाम फोर्ब्सको सूचीमा १७२९ नम्बरमा रहेको छ।
फोर्ब्सकाअनुसार उनको सम्पत्ति १.७ बिलियन अमेरिकी डलर रहेको छ।सन् १९८८ फेब्रुअरी २० मा जन्मिएकी रिहाना १४ महिनाको हुँदा उनका बुबा रोनाल्ड र आमा मोनिकाको सम्बन्धविच्छेद भइसकेको थियो।
साधारण परिवारमा जन्मिएकी रिहानाको जीवनमा बुबाआमा अलग भएपछि ठूलो असर पर्यो। उनले आफ्नो बाल्यकाल बुबासँग बिताएकी थिइन्।
रक्सीको कुलतमा फसेका बुबाका कारण उनको बाल्यकाल सुखमय थिएन्। उनी कालो जातीको भएका कारण पनि उनले बाल्यकालमा थुप्रै किसिमका विभेद भोग्नु परेको थियो। जसकारणसानै उमेरदेखि टाउको दुख्ने समस्या सुरु भएको उनले एक अन्तर्वार्तामा बताएकी थिइन्। यहि समस्या भुलाउनका लागि उनले गीत गाउन सुरु गरेकी थिइन्।
करिब १५ वर्षको उमेरमा उनी सांगीतिक लगानीकर्ता इवान रोजर्सको अडिसनमा पुगेकी थिइन्। यो दिन उनको जीवनको टर्निङ पोइन्ट बनेको थियो। रोजर्सले रिहानाको अडिसनको दिन सम्झिदै भनेका छन्, ‘जब उ कोठामा आएकी थिइन्, तब यस्तो लाग्यो त्यहाँ उ मात्रै छिन्। अडिसनमा आएका अरुको अस्तित्व नै नभएको जस्तो लागेको थियो।’
त्यसपछि रिहाना रोजर्सकै परिवारसँग बस्न थालिन्। उनले चार गीत गाइन्। त्यसपछि उनी विश्वभर नै चर्चित भएकी थिइन्। रिहाना आफूले आफ्नो जन्मस्थल बारबाडोस छोडेपछि कहिल्यै फर्किएर हेर्नु नपरेको बताउँछिन्।
विश्वभर चर्चित रिहाना संसारकै धनि गायिका मात्रै नभएर सबैभन्दा लोकप्रिय कलाकारमध्ये पनि एक हुन्। उनको लोप्रियताको अनुमान उनको सामाजिक सञ्जालमा भएका प्रशंसकबाट लगाउन सकिन्छ।
उनको ट्विटरमा मात्रै १०५ मिलियन फलोवर्स छन् भने इन्स्टाग्राममा १२६ मिलियन फलोवर्स छन्। उनी संसारभरमै चौथो सर्वाधिक फलोअर्स भएकी कलाकार हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।