काठमाडौं– र्यापर सुदीप भण्डारी अर्थात् जी–बबले ‘ए मेरो हजुर ४’ फिल्मका लागि गाएको गीत सार्वजनिक भएको छ। ‘भाग भाग न दे अब धेरै धाक’ बोलको उनको गीत शनिबार सार्वजनिक भएको हो।
‘एएनटिएफ’ नामक गायन प्रतियोगितामार्फत् चर्चामा आएका जी–बब पछिल्लो समयका भाइरल गायक हुन्। सामाजिक सञ्जालदेखि चारैतिर उनले गाएको गीत चर्चामा छन्। यसबीच फिल्म ‘ए मेरो हजुर ४’को निर्माण पक्षले उनलाई प्रचारका लागि प्रयोग गर्दै गाउन लगाएको गीत सार्वजनिक भएको छ।
उक्त गीतमा शब्द सुरेन्द्र गुरुङ अर्थात् हाकिमको रहेको छ। गीतलाई निर्माण पक्षले प्रचारको लागि निकालेको हो। गीत करिब २ मिनेटको मात्रै रहेको छ।
झरना थापाको फिल्म ‘ए मेरो हजुर ४’ वैशाख १ गते प्रदर्शनमा आउँदै छ। सोही दिन बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म ‘कजीएफ २’को पनि प्रदर्शन रहेको हुँदा ‘ए मेरो हजुर ४’को निर्माण पक्षले अन्तर्वार्तादेखि सामाजिक सञ्जालमा चर्चित कलाकार तथा व्यक्तिलाई प्रयोग गर्दै आफ्नो प्रचारलाई तीव्र बनाएको छ।
हेर्नुहोस् जी–बबको गीतः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।