काठमाडौं– आमाको मुख हेर्ने दिन नजिकिदै जाँदा लोक पौडेल र अन्जु पन्तको आवाज रहेको 'आमा' बोलको गीत सार्वजनिक गरिएको छ। मिरा मोसन पिक्चर्सको यूटुव च्यानलबाट सार्वजनिक गरिएको यो गीतमा लोक पौडेलको शव्द एवं संगीत रहेको छ।
सार्वजनिक भिडियोलाई दयाराम घिमिरेले निर्देशन गरेका हुन् भने कथा पनि निर्देशक घिमिरेकै रहेको छ। आमा छोराको बियोगान्त कथा भिडियोमा प्रस्तुत गरिएको छ।
भिडियोमा सरिता राजोपाध्याय, दिपेश गजुरेल, बालमुकुन्द आर्चाय, बलराम बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ।
बाध्यताले छोरो बिदेशिनुको पीडा र घरमा रहेका आमाबुवाको कथालाई गीतको भिडियोमा देखाउन खोजिएको छ। हरेक गाउँको प्रतिनिधि घटनालाई भिडियोमा देखाइएको निर्देशक घिमिरे बताउँछन्।
सार्वजनिक भिडियोलाई दशरथ गिरिले सम्पादन गरेका छन् भने खेम थापा मगरले छायांकन गरेका छन्।
हेर्नुहोस् भिडियोः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।