काठमाडौं– दिग्गज हास्यकलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको आवाजमा ‘एउटा सपना छ’ गीतको लिजेण्डरी भर्जन सार्वजनिक भएको छ।
श्रेष्ठको ७२औं जन्मदिनको अवसरमा मंगलबार साँझ गीत सार्वजनिक भएको हो। उक्त गीत यसअघि महिला र पुरुष भर्जनमा सार्वजनिक भएको थियो।
गीतमा शब्द तथा संगीत पुष्पन प्रधानको रहेको छ। गीतमा अभिनय भने आँचल शर्मा र गायक श्रेष्ठकै रहेको छ। जोनी योञ्जन तामाङको एरेन्ज रहेको गीतमा मित्र मगर तथा गौरव योनजहाङले वाद्यबाधनमा साथ दिएका छन्।
भिडियोमा आँचल र श्रेष्ठसँगै राजेन्द्र हुमागाई र आराध्या खड्काले अभिनय गरेका छन्। सराना श्रेष्ठको कथा, परिकल्पना र निर्देशन गरेको भिडियोलाई हरि हुमागाईंले सम्पादन गरेका छन्।
हेर्नुहोस् भिडियोः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।