काठमाडौं- बलिउड गायिका आस्था गिलले काठमाडौं बासीलाई नचाउने भएकी छन्। उनले शनिबार अर्थात् वैशाख २४ गते (मे ७ )मा काठमाडौंमा ‘आस्था गिल लाइभ’ नामक कन्सर्ट गर्ने भएकी हुन्।
दरबारमार्गस्थित क्लब प्लाटिनममा आयोजना हुने ‘आस्था गिल लाइभ’ कार्यक्रममा उनले आफ्नो बउिडका हिट गीत ‘पानी पानी हो गई, तेरा बज, डिजेवाले बाबु, अभी तो पार्टी सुरु हुई है, नागिन दिन गिन गिन, कमरिया लगायतका दर्जन बढी हिट गीत प्रस्तुत गर्ने छिन्।
फिल्म ‘फग्ली’ को पार्टी गीत ‘ढुप चिक’ बाट बलिउडको पाश्र्व गायनमा पाइला चालेकी आस्थाका ‘अभि तो पार्टी सुरु हुई है’, ‘डिजे वाला बाबु’, ‘बज’, ‘नागिन’, ‘ह्याप्पी ह्याप्पी’, ‘कमरिया’ लगायत थुप्रै गीत हिट छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।