काठमाडौं– काठमाडौं– गायक राजु लामाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन्। बिहान ६ बजेर ४० मिनेट जाँदा लामासहित २७ जनाको टोलीले ८ हजार ८४८.८६ मिटर अग्लो सगरमाथाको चुचुरो चुमेको हो।
आरोहण दलमा नेपाल, चीन, अस्ट्रेलिया, रुस र पाकिस्तान लगायत ५ देशका आरोही सहभागी थिए। आरोहण दलको नेतृत्व भने मिङ्मा जीले गरेका हुन्। उनी अक्सिजनबिनै चुचुरो चढेका थिए।
लामा चर्चित सांगीतिक ब्यान्ड मंगोलियन हार्टका लिड भोकलिस्ट समेत हुन्। उनी पछिल्लो समय वातावरणीय अभियानमा सक्रिय छन्।
सगरमाथा आरोहरणकै दौरान उनले ६,५७४ मिटर उचाइको क्याम्प ३ मा कन्सर्ट गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।