काठमाडौं- भरतपुर महानगरपालिकाको जारी मतगणना रोचक देखिएको छ।
भरतपुरमा जारी मतगणनामा गठबन्धनका उम्मेदवार र नेकपा एमालेका उम्मेदवारको अघिपछि चलिरहेको छ।
यसैबीच गठबन्धनबाट मेरको उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ५ हजार १६५ मत पाएकी छन्। नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ५ हजार १४८ मत पाएका छन्।
१५ हजार ४ सय ३२ मत गणना गर्दा रेनुले १७ मतले विजयलाई उछिनेकी छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ४ सय ४० मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।