काठमाडौं- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा नेपाली कांग्रेसले जीत हात पारेको छ।
गाउँपालिका अध्यक्षमा कांग्रेस उम्मेदवार पासाङ नुर्पु शेर्पाले २ हजार ६०५ मत पाएका थिए।
उनका निटचम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अमृत कुमार खड्काले २ हजार ४८ मत पाए।
त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसले जित हात पारेको छ।
उपाध्यक्षमा दिछेन शेर्पा २७१२ मतसहित विजयी हुँदा एमाले उम्मेदवार सुन्तली माया श्रेष्ठ २५५३ मतसहित दोस्रो भइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।