काठमाडौं–वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ। हालसम्म १८८ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ। साेमबार राति १० बजेसम्म्मको तथ्यांक अनुसार नेपाली काग्रेस अग्रस्थानमा देखिएको छ।
नेपाली काग्रेसले हालसम्म १४ नगर र ७० गाउँपालिका गरि ८४ स्थानीय तहमा जित हात पारेको छ। काग्रेसले उपप्रमुखमा ८४ स्थानमा जीत हात पारेको छ। एमालेले काग्रेसलाई पछ्याइरहेको छ। सुरुवाती रुझानमा अगाडि रहेको एमाले अहिले पछि परेको छ।
एमालेले हालसम्म प्रमुखमा ५५ स्थान र उपप्रमुखमा ५६ स्थानमा जित हात पारेको छ। माओवादी केन्द्रले ४० स्थानमा प्रमुखमा जित हात पारेको छ भने उपप्रमुखमा ३७ स्थानमा विजयी भएको छ। नेकपा (एकीकृत समाजवादी) ले ३ स्थानीय तहमा प्रमुख पद जितेको छ।
निर्वाचनमा सत्ता गठवन्धनका पाँच दलले ६ महानगर,११ उपमहानगर र अन्य केही स्थानमा तालमेल गरेका थिए भने एमालेले केही स्थानमा राप्रपा अन्यमा स्थानीय तहको निर्णय अनुसार निर्वाचनमा भाग लिएको थियो । ७५३ स्थानीय तहका लागि भएको निर्वाचनमा केही क्षेत्रमा मतदान नै रोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।