चितवन- भरतपुर महानगरपालिकामा मत गणना रोकिएको छ। नेकपा एमालेका प्रतिनिधिहरुले मत गणनाका क्रममा धाँधली भएको भन्दै आपत्ति जनाएपछि मत गणनाकार्य रोकिएको हो।
एमालेका कार्यकर्ताहरुले स्वस्तिक छाप राम्रो नलागेको र बदर हुनुपर्ने मत समेत गणना गरेको आरोप लगाउँदै बिरोध गरेका हुन्।
भरतपुरमा गठवन्धनको तर्फबाट उम्मेदवार माओवादीकी रेनु दाहाल अगाडी लागेको र एमाले उम्मेदवार विजय सुवेदीलाई जानजान पछि पार्न बदर मत गणनातिर कर्मचारीहरु लागेको आरोप एमालेहरुले लगाएका छन्।
अहिले दुवै पक्षका बीचमा देखिएको विवाद मिलाउन छलफल भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।