काठमाडौं–गोरखाको भीमसेन थापा गाउँपालिकामा माओवादी केन्द्रले जित हात पारेको छ। माओवादी केन्द्रका लोकप्रसाद बञ्जारा ५ हजार ६५१ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोशन गुरुङले ५ हजार १७६ मत प्राप्त गरे।
त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकी अमृतादेवी वस्ती निर्वाचित भएकी छन्। उनले ५ हजार १४७ मत ल्याएकी छन् भने उनकी प्रतिस्पर्धी उम्मेदवार माओवादी केन्द्रकी जुनुमाया श्रेष्ठले ४ हजार ९२७ मत ल्याइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।