चितवन- चितवनको भरतपुर महानगरपालिकामा मतगणना कार्य स्थगित रहेको छ। सोमबार राति बदर मतलाई सदर गरेको र स्वस्तिक छापका विषयलाई लिएर नेकपा एमालेले बिरोध गरेसँगै मतगणना रोकिएको हो।
भरतपुरमा गठबन्धनका उम्मेदवार रेनु दाहालले झिनो अग्रता बनाइरहँदा उनलाई फाइदा पुग्ने गरि मतगणना भएको भन्दै एमालेले बिरोध गरेको हो।
मतगणना रोकिएसँगै चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तमाङ मतगणना स्थल पुगेका छन्। उनी गणनास्थल पुगेर मत गन्न कर्मचारीलाई दबाब दिएको एमालेले आरोप लगाएको छ।मतगणना रोकिएपछि सुचारु गर्नेबारे सहमतिको प्रयास भइरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।