चितवन- चितवनको भरतपुर महानगरपालिकामा रोकिएको मतगणना सुचारु गर्नेबारे सहमति खोज्ने प्रयास भइरहेको छ।
नेकपा एमालेले मतगणनाका क्रममा धाँधली भएको आरोप लगाउँदै होहल्ला गरेपछि गणना प्रभावित भएको थियो।
एमालेले चितवनका प्रमुख जिल्ला अधिकारीले गणना गर्न कर्मचारीलाई दबाब दिएको आरोप लगाएको छ। गणना प्रभावित भएसँगै अहिले सहमतिको प्रयास भइरहेको छ। त्यसका लागि सर्वदलीय बैठक बसिरहेको छ। राति पौने १२ बजेदेखि बैठक बसिरहेको हो।
मतगणना प्रभावित हुनु अघि गठबन्धनबाट माओवादीकी उम्मेदवार रेनु दाहालले एमाले उम्मेदवार विजय सुवेदीमाथि झिनो अग्रता बनाइरहेकी थिइन्। एमालेले स्वस्तिक र बदरमतलाई समेत गठबन्धनको दबाबमा सदर गराउन खोजेको आरोप लगाएको छ भने गठबन्धन दलहरुले सदर मतलाईसमेत कर्मचारीले बदर गराउन खोजेको आरोप लगाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।