काठमाडौं- धुलिखेल नगरपालिकामा नेकपा एमालेले अग्रता कायम राखेको छ।
नगरपालिकाका प्रमुखमा एमाले उम्मेदवार अशोक ब्याञ्जु श्रेष्ठले ५ हजार १८७ मतसहित अग्रता कायम राखेको निर्वाचन आयोगले जनाएको छ।
दोस्रो स्थानमा स्वतन्त्र उम्मेदवार बिदुरबहादुर बस्नेत रहेका छन्। उनले २ हजार ५३७ मतसहित ब्याञ्जुलाई पछ्याइरहेका छन्।
त्यस्तै उपप्रमुखमा पनि एमालेकै अग्रता रहेको छ। एमाले उम्मेदवार तालतारा अधिकारीले ४ हजार २८७ मत पाउँदा कांग्रेस उम्मेदवार निराजन जंगमले ३हजार५६३ मत पाएका छन्।
धुलिखेलमा वडा नम्बर १, ४,६ कांग्रेसले जितेको छ भने वडा नम्बर २,३,५ एमालेले जितेको छ। वडा नम्बर सातमा राप्रपाले जित हात पारेको छ।
अन्य वडाहरुको गणना जारी रहेको छ। २०७४ को स्थानीय तह निर्वाचनमा पनि उक्त नगरपालिका ब्याञ्जुले जितेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।