काठमाडौं- लमजुङको सुन्दरबजार नगरपालिकामा कांग्रेस विजयी भएको छ।
सुन्दरबजारको प्रमुखमा कांग्रेस उम्मेदवार कृष्णप्रसाद कोइराला निर्वाचित भएका हुन्। उनले ६ हजार ६४१ मत ल्याएर विजयी हुँदा एमालेका भीमबहादुर गुरुङ ६ हजार ३६ मत ल्याए।
उपप्रमुखमा भने एमालेकी भवानी केसी विजयी भएकी छन्। उनले पाँच हजार १८ मत ल्याइन्। उनको निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार द्वारिकाप्रसाद मिश्र चार हजार ४७५ मत ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।