काठमाडौं– भगवतीमाई गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ। २०७४ मा भएको स्थानीय तह निर्वाचनमा एमालेले जितेको गाउँपालिमा यो पटक अध्यक्षमा माओवादीका गणेशबहादुर थापा विजयी भए।
उनी दुई हजार ८४६ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दशरथ खड्कालाई पराजितगर्दै थापाले जित हात पारेका हुन्। कांग्रेसका खड्काले २ हजार २०३ मत ल्याउँदा तेस्रो स्थानमा रहेका एमालेका शर्माले एक हजार ९३४ मत प्राप्त गरे। गाउँपालिकाको अध्यक्षमा विजयी थापा २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा पराजित भएका थिए।
यता, गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसकी मीनाकुमारी खड्का विजयी भएकी छन्। गाउँपालिकाको उपाध्यक्षमा विजयी खड्काले दुई हजार ६८३ मत ल्याउँदा प्रत्याशी नेकपा माओवादी केन्द्रकी मनिषा सोनी विकले दुई हजार २४७ मत प्राप्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।