काठमाडौं– बाराको करैयामाई गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार विजयी भएका छन्।
गाउँपालिकाको प्रमुखमा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार शम्भुप्रसाद यादव ५ हजार ५९८ मतसहित विजयी भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भुनेश्वर धामीले ३४ सय मत ल्याएका छन्।
यस्तै उपाध्यक्षमा ५ हजार ४३९ मतसहित जसपाकै सुनैनाकुमारी चौधरी विजयी भएकी छन्। उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी चित्ररेखाकुमारी चौधरीले ३ हजार १७२ मत ल्याएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।