काठमाडौं– ललितपुरको महांकाल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
एमाले उम्मेदवारलाई हराउँदै नेपाली कांग्रेसका उम्मेदवार गणेश केसीले अध्यक्ष जितेका हुन्। केसी ३४ सय ५५ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेकी कमला लामा तामाङले २८ सय ८७ मत ल्याइन्।
उपाध्यक्षमा भने माओवादीका उम्मेदवार विजयी बनेका छन्। माओवादीकी डोल्मा माया गोलेले ३१ सय ५२ मतसहित उपाध्यक्ष बनेकी हुन्।
उपाध्यक्षका निकटतम प्रतिस्पर्धी एमालेका पुरुषोत्तम हुमागाई २७ सय ८७ मत ल्याए। महांकाल गाउँपालिकामा सत्ता गठबन्धनले साझा उम्मेदवार उठाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।