काठमाडौं– सल्यानको शारदा नगरपालिकामा प्रमुख तथा उपप्रमुख पदमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। नगरपालिका प्रमुखमा कांग्रेसका प्रकाश भण्डारी र उपप्रमुखमा सुष्मिता सापकोटा विजयी भएका हुन्।
विजयी भण्डारीले ६ हजार २१७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मनोजकुमार प्रधानले ४ हजार ९३७ मत ल्याए।
यस्तै उपप्रमुख सुष्मिता सापकोटाले ५ हजार ३८० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी र एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार रमेशकुमार गौतमले ४ हजार ५९५ मत ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।