काठमाडौं– जाजरकोटको शिवालय गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्। उपाध्यक्षमा भने माओवादी केन्द्रले जितेको छ।
यो गाउँपालिकामा कांग्रेस–माओवादीको गठबन्धन थियो।
अध्यक्षमा कांग्रेसका शेरबहादुर शाही ३ हजार ३०३ मतसहित निर्वाचित भए। उनका निकटम प्रतिस्पर्धी एमालेका रंगनाथ योगीले २ हजार ७१८ मत ल्याए।
उपाध्यक्षमा निर्वाचित माओवादीकी गीता शाहीले २ हजार ६५९ मत ल्याइन्। उनकी निकटम प्रतिस्पर्धी एमालेकी नैनसरा शाहीले २ हजार ४२९ मत ल्याइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।