काठमाडौं– दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका गणेशकुमार शाही विजयी भएका छन्।
शाहीले ४ हजार ७० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सूर्यबहादुर शाहीले ३हजार ९९२ मत प्राप्त गरे।
त्यसैगरी, नगर उपप्रमुख नेपाली कांग्रेसकी मनसरा कुमारी शर्मा ४ हजार ३८ मतसहित विजयी भएकी छन्। निकटतम प्रतिद्वन्द्वी एमालेकी नन्दा कुमारी विष्टले ३ हजार ९९६ मत प्राप्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।