काठमाडौं– नेपालीकांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको अमरगढी नगरपालिकामा कांग्रेसले जित हासिल गरेको छ।
नेपाली कांग्रेका उम्मेदवार डिल्लीराज जोशी नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका छन्।
जोशीले ३ हजार ६१९ मत ल्याउँदै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धि नेपाली कांग्रेस (बिपी)का हरि भट्टले ३ हजार ४२६ मत ल्याएका छन्।
नगरपालिकाको उपप्रमुख पदमा पनि कांग्रेसकै पार्वती झुकाल निर्वाचित भएकी छिन्। उनले ३ हजार ६७८ मत प्राप्त गरिन्। उनका निकटतम प्रतिस्पर्धिका रुपमा देखिएका एमालेका यज्ञराज अवस्त्रीले ३ हजार ७५ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।