काठमाडौं– रोल्पाको रुन्टिगढी गाउँपलिकामा कांग्रेसको जित भएको छ। कांग्रेसका उम्मेदवार जनक पुन गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन्।
पुनले ४ हजार ३९१ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धिका रुपमा देखिएका नेकपा माओवादी केन्द्रका गोविन्द पुन मगरले ३ हजार ७०८ मत ल्याउँदै पराजित भए।
त्यस्तै, गाउँपालिकाको उपप्रमुखमा पदमा पनि कांग्रेसकै जित भएको छ। कांग्रेसकी सरिता केसी ४ हजार ४३७ मत ल्याउँदै उपाध्यक्ष पदमा निर्वाचित भएकी छिन्।
उनका निकटतम प्रतिद्वन्द्वीका रुपमा देखिएकी नेकपा एमालेका हस्तमाली बाँठामगरले भने ३ हजार ६३६ मत ल्याउँदै पराजित भएका छन्।
गाउँपालिकाको वडाअन्तर्गत १, ४ र ९ मा कांग्रेस, ३, ५ र ६ मा एमाले र २, ७ र ८ मा माओवादी केन्द्रको जित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।